
रामपुर, नेपाल कम्युनिष्ट पाटी (एमाले) रामपुरको प्रथम नगर अधिवेशनबाट विष्णु प्रसाद रेग्मी रामपुर नगर कमिटिको अध्यक्षमा निर्विरोध चयन भएको छ । जसको उपाध्यक्षमा तोयानाथ सारु सचिवमा कृतिनाथ श्रेष्ठ, उपसचिवमा मिन बहादुर खाण र ईश्वरी खनाल चयन भएको छ । निर्वाचन कमिटीका संयोजक हरि प्रसाद घिमिरेले नगर कमिटी घोषणा गरेको अध्यक्ष मण्डलको अध्यक्ष राजु प्रसाद श्रेष्ठले बोली खबरलाई जनाकारी गराएका छन् । रामपुर नगर कमिटिमा ७५ सदस्सीय कमिटी निर्माण भएको छ, वन्दसत्रको सुरुमा राजनितिक तथा सांगठनिक प्रतिवेदन निर्बतमान अध्यक्ष राजेन्द्र प्रसाद लम्सालले पेश गरेका थिए । नव निर्वाचित कमिटीलाई नेकपा एमाले नगर इन्चार्ज राजु प्रसाद श्रेष्ठले सपथ ग्रहण गराएका छन् ।
दलित जनजाति आदिवासी महिला सिमान्तकृत सबैको प्रतिनिधत्व हुने गरी कमिटी बनेको छ । नव निर्वाचित प्रतिनिधिको तर्फवाट अध्यक्ष विष्णु प्रसाद रेग्मीले प्रतिवद्धता व्यक्त गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधि, पद्धति र विधान अनुुसार सर्वाहारा वर्गका निम्ति काम गर्ने सरकारको लक्षित समुह भित्र रहेका आदिवासि, दलित, महिला, अपाग, सिमान्तकृत सर्वहारा वर्गको पक्षमा सधै लागि रहने प्रतिवद्धता गरेका छन् ।
नव निर्वाचित कमिटीलाई नेकपा एमाले पोलिटव्यूरो सदस्य, लुम्विनी प्रदेश सह ईन्चार्ज एव संघिय सांसद दलवहादुर रानाले शुभकामना दिएका छन् ।
आज देश भरका सवै पालिकाहरुमा एकै साथ नेकपा एमालेको अधिवेशन सम्पन्न भएको छ । यसै विच पाल्पाका ९ पालिकामा पनि सम्पन्न भएको छ भने निस्दी गाउँपालिकामा सहमतिको प्रयास भैरहेको धनबहादुर ठाडाले जानकारी दिएका छन् ।