नेकपा एमाले निस्दी गाउँ कमिटी पाल्पाको अध्यक्षमा नर बहादुर सुनारी चयन

बाेली खवर   १० कार्तिक २०७८, बुधबार ००:०१

कार्तिक ९ पाल्पा – नेकपा एमाले निस्दी गाउँ कमिटी पाल्पाको प्रथम गाउँ अधिवेशन मित्यालमा सम्पन्न भएको छ। संगठन कमिटीका अध्यक्ष हेम बहादुर खाम्चाको अध्यक्षतामा भएको अधिवेशनले नर बहादुर सुनारीको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी सर्बसहमतिद्वारा चयन गरेको छ। संगठनको उपाध्यक्षमा तिरण कुमारी श्रेष्ठ , सचिवमा मेख बहादुर सुनारी , उपसचिवमा खुम बहादुर थापा र प्रेमबहादुर बाकाबल र अन्यलाई सदस्यमा चयन गरेको छ।

नेकपा एमाले जिल्ला कमिटी पाल्पाका सदस्य तथा निस्दीका इन्चार्ज भुवन थापाको स्वागत मन्तव्यबाट शुरु भएको अधिवेशनमा लुम्बिनी प्रदेश सांसद युवाराज खनाल , नेकपा एमाले पाल्पा जिल्ला सचिवालय सदस्य देवीलाल लामिछाने , नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु , जिल्ला सदस्य तथा निस्दी इन्चार्ज दमन सिंह थापा पाटा , निस्दी गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्याल , जिल्ला सदस्य तथा निस्दी सह इन्चार्ज नविन्द्र थापा सोती लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । निस्दी गाउँपालिकाको बहुउद्देश्यीय भवन मित्यालमा भएको कार्यक्रममा राष्ट्रिय जन सांस्कृतिक मञ्चका केन्द्रिय सदस्य तथा लोक गायक हुम गैरे लगायत स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहेको थियो ।

अधिवेशनमा अध्यक्षले राजनैतिक , संगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अधिवेशनको संचालन संगठन कमिटीका सचिव मेख बहादुर सुनारीले गर्नुभएको थियोे ।फाेटाे देविलाल लामीछानेकाे फेसवुक वाल बाट