मोटरसाइकल ठोकिदा तिन घाइते

बोलि खबर   १० कार्तिक २०७८, बुधबार १४:४७


पाल्पा जिल्ला रामपुर नगरपालिका रामपुर वडा न ४ मा मोटरसाइकल दुर्घटना भएको छ।रामपुर नगरपालिका ४ खोप्टारमा बुधबार दुई मोटरसाईकल एक आपसमा ठोक्किदा ३ जना घाईते भएका छन् । रामपुर ३ गण्डकीढिक बाट खोप्टार आउँदै गरेको लु १४ प १२२८ नम्बरको मोटरसाईक र बेझाँड बाट चापाकोट नगरपालिका ५ साँखर जाँदै गरेको लु ११ प ७२४२ मोटरसाईकल ठोक्कीएको हो ।


दुर्घटनामा साँखर जाँदै गरेको मोटरसाईकल चालक चापाकोट नगरपालिका ६ साँखर स्याङ्जाका २३ वर्षिय सागर पोखरेल, सोही मोटरसाईकलमा सवार चापाकोट ६ का ३६ वर्षिय देवका पोखरेल र खोप्टार आउँदै गरेक‍ो मोटरसाईकलमा सवार रामपुर ४ का ४० वर्षिय रेम बहादुर मानान्धर घाईते भएको निज घाईतेहरुको रामपुर अस्पतालमा उपचार भैरहेको छ । गण्डकी ढिक बाट आएको मोटरसाईकल कालीगण्डकी करिडोरको सडक बाट भित्रि सडकमा मोड्ने क्रममा बेझाँड बाट आउँदै गरेको मोटरसाईकल ठोक्कीए संग ठोक्किएको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उक्त घटना समय १२:३० दिँउसो भएको थियो।