पाल्पाकाे रामपुरमा नेपाली ब्राण्डको गोल्डस्टार जुत्ता शोरुम सञ्चालनमा

बाेली खवर   १४ कार्तिक २०७८, आईतवार २०:१४

पाल्पा,,पाल्पाकाे रामपुरमा नेपाली ब्राण्डको गोल्डस्टार जुत्ता शोरुम सञ्चालनमा आएको छ । युवा देखि पाका पुस्ता सम्मको रोजाईमा रहेको लोकप्रिय नेपाली जुत्ता शाेरूम अाइतवार देखि सन्चालनमा अाएकाे हाे । बढ्दाे शहरिकरण सगैँ रामपुरमा यस्ता बिभिन्न खालका व्यावसाय तिर युवाकाे अार्कषण बढेकाे छ ।

वषौं देखि आकर्षक, आरामदायी र टिकाउ जुत्ताको पहिचान कायम गर्दै सबैलाई सुहाउँदो मुल्यमा उत्पादन गर्दै आएको गोल्डस्टारको आधिकारिक शोरुम संञ्चालनमा आएको हो । पिवि नेवार फुट लकरका सञ्चालक प्रेम श्रेष्ठले रामपुर नगरपालिकाको मुख्य बजार बेझाँड बजार स्कुलरोडमा शुभारम्भ गरेको हो ।

सञ्चालक श्रेष्ठले विगत देखि सबैको रोजाईमा पर्न सफल नेपालमा उत्पादन गोल्डस्टारका विभिन्न प्रकारका जुत्ताहरु उपभोक्ताहरुलाई सहज ढंगले उपलब्ध गराउने उद्देश्यले शोरुम स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार २६ लाखको लगानीमा सोरुम स्थापना गरिएको हो । सस्तो मुल्यमा उपलब्ध हुने र टिकाउ हुने भएकाले सबैको पहुँच सम्म पुगोस् भन्ने ध्येय संगै नेपाली उत्पादनलाई प्रोसाहन गर्न शोरुम सञ्चालन गरिएको बताउनुभयो ।शोरुममा गोल्डस्टारले विभिन्न नाममा उत्पादन गरेका महिला तथा पुरुष दुवैका लागि बालक देखि पाका पुस्ता सम्मका जुत्ता तथा चप्पलहरु कम्पनी कै मु्ल्यमा पाईने छ । साथै होलसेल तथा खुद्रा विक्री हुने जनाएको छ । सोरुममा आगामी तिहार सम्म विशेष छुटमा जुत्ता खरिद गर्न सकिने जनाएको छ ।