
सिर्जनशील चित्रकला प्रदर्शनी सुरु बुटवल उपमहानगरपालिकाद्वारा गठित भाषा,साहित्य,कला,संस्कृति प्रतिष्ठान अन्तर्गत रहेकाे कला तथा अनुसन्धान विभागकाे संयाेजन,नेपाल ब्यवसायी कलाकार संघ,रुपन्देहीको सहयात्रामा बुटवलकाे न्यू ईरा हाेटलमा सिर्जनशील चित्रकला प्रदर्शनी आईतवारदेखि सुरु भएकाे छ ।

प्रदर्शनीकाे उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिष्ठानका मुख्य संरक्षक एवम् बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले बुटवललाई साहित्य ,कला र संस्कृतिकाे संगमस्थल बनाउने सपना उनेकाे बताए । साथै उनले बुटवललाई देशकै नमूना सहर बनाउनका निम्ति कलाकारहरुकाे विशेष महत्व रहने बताए । कार्यक्रमका विशिष्ट अतिथि,प्रतिष्ठानका संरक्षक एवम् बुटवल उपमहानगरपालिकाका उपप्रमुख गाेमादेवी आचार्यले कलाकारहरुकाे मर्मलाई उजागर गर्न र कलाकाे बजारीकरण गर्न सकेमा पक्कै पनि कलाकारहरु बाँच्ने आधार तयार हुन सक्ने बताउँदै आफ्नाे पालिकाले कलाकारहरुलाइ स्थानीय सरकारकाे अंगका रुपमा विकास गर्न प्रतिष्ठान बनाएकाे बताईन् । प्रदर्शनीमा ललितकलामा स्नातकोत्तर गरेकी कलाकार सुमित्रा राना,सुत्पराईले चित्रकला सम्बन्धि प्रिजन्टेसन गरेकी थिईन् ।
प्रदर्शनीका संयाेजक झबिन्द्र थापाकाे स्वागत गरेका थिए भने कलाकारहरु कलामा बाँच्न सक्ने वातावरण तयार गरिदिन नेपाल ब्यवसायी संघ,रुपन्देहीका अध्यक्ष बेनप्रसाद थापाले अनुराेध गरेका थिए । प्रदर्शनीमा बुटवलका हाेराईजन र दीप बाेर्डिङ् अनि तिलाेत्तमाकाे न्यू लाईट आवासीय विद्यालयका शिक्षक विद्यार्थीकाे सार्थक सहभागिता रहेकाे थियाे । उक्त प्रदर्शनीमा चार सय बढी कलापारखीहरुले अध्ययन,अवलाेकन गर्न आईपुगेकाे कलाकार यमबहादुर थापाले बताए । उद्घाटन कार्यक्रमकाे सञ्चालन प्रतिष्ठानका सचिव दलबहादुर गुरुङले र अध्यक्षता प्रतिष्ठानका अध्यक्ष झपेन्द्र जीसीले गरेकाथिए । प्रदर्शनी साेमवारसम्म सञ्चालन हुनेछ । प्रतिष्ठानले प्रदर्शनी अवलाेकनका लागि सबै कलाप्रेमीहरुलाई विशेष अनुराेध गरेकाे छ ।