
राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको बिरोध गरेको छ । पाल्पाको रामपुर नगरपालिका वडा न १० मा ने क पा एमालेको भातृसंठन राष्ट्रिय युवा सघं नेपालले एक कार्यक्रम गरि बिरोध गरेको हो ।
बिरोध सभामा नगर कमिटी अध्यक्ष बिष्णु प्रसाद रेग्मि प्रमुख अतिथि रहनु भएको हो । प्रमुख अतिथि रेग्मीले बोल्दै परमादेश बाट बनेको सरकारले जनताको भावना विपरीत पेट्रोलियम पदार्थको मुल्य बढाएको भन्दै विरोध गर्नु भएको छ ।उहाँले जनताको हित बिपरित व्याक्तिगत स्वार्थमा लागेर गठबन्धनको यो सरकारले बिकास गर्न त परै जावस देशका मुख्य सस्था सम्मानित अदालतलाइ समेत बिबाधमा मुस्ने काम गर्यो , यो सरकार आइ सके पछि संघ र प्रदेशका यस क्षेत्रमा आयका बजेट धेरै काटि दिएको छ । बाटाघाटा भबन जस्ता थुप्रै बजेट काटि दिएको बताउनु भएको छ ।
राष्ट्रिय युवा संघ वडा कमिटी अध्यक्ष नारन खनालको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन नगर कमिटी उपाध्यक्ष तोयानाथ सारु लगाएतले गर्नु भएको हो ।