
रामपुर, इस्लामी संघ नेपालको आयोजनामा रामपुर नगरपालिकामा खाद्यान्न राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । यही कार्तिक १२ गते देखि १५ गते सम्म नगरपालिकाका विभिन्न वडामा आयोजना गरिएको कार्यक्रमबाछ ५० घर परिवारले राहत प्राप्त गरेका छन् । Covid-19 Response (Relief & Health awareness Program 2021 अन्तर्गत आयोजना गरिएको कार्यक्रमबाट रामपुर नगरपालिका वडा नं ४, ८ र १० का कोरोनाबाट प्रभावित र अति विपन्न, असाहय र ज्यालामजदुरीबाट जीवीकोपार्जन गदै आएका परिवारहरु लाभान्वित भएका छन् ।
वडा नं ८ को कुमरानमा उक्त वडाका अति विपन्न परिवारलाई राहत वितरण गर्दै वडा अध्यक्ष बोम बहादुर नामजालीले इस्लामी संघ नेपालले रामपुर नगरपालिका भित्र पर्ने यो क्षेत्रसम्म आई गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको मा प्रसन्नता व्यक्त गर्दै संस्थाप्रति ध्यन्यवाद ज्ञापन गर्नुभयो । साथै वडा नं १० को गेझामा आयोजना गरिएको कार्यक्रममा वडा अध्यक्ष लिल बहादुर गाहले राहत वितरण गर्दै वर्तमान समयमा कोरोनाको त्रासदीपूर्ण वातावरणबाट जनजीवन विस्तारै सामान्य हुदै गएको भएतापनि यसको प्रभावले गरिब तथा विपन्न र ज्यालामजदुरी गरी जीवन धान्दै आएका परिवारहरुको जीवन अझैपनि कष्टकर नै रहेकोले यस कार्यक्रबाट ठूलो रहात पुगेको बताउनुभयो ।
त्यसै गरी कार्तिक १४ र १५ गते वडा नं ४ मा आयोजना गरिएको राहत वितरण कार्यक्रमबाट यस वडाका अति विपन्न परिवार तथा वडा नं ४ र ५ क्षेत्रमा ज्याला मजदुरी गर्दै आएका परिवारहरुलाई खाद्यान्न वितरण गरिएको छ ।
वडा नं ४ की वडा सदस्य सीमा देवी रानाको उपस्थितिमा सम्पन्न कार्यक्रममा आफ्ना भनाइहरु राख्दै वडा सदस्य रानाले इस्लामी संघले विगतदेखि नै यस वडामा विभिन्न राहत तथा सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको र अहिलेको राहत वितरण कार्यक्रममा अन्य वडाहरुलाई समेत समेटेर कार्यक्रम आयोजना गरेकोले खुसी व्यक्त गदै आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन अनुरोध गर्दै सस्थाप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
यस कार्यक्रमका सम्बन्धमा आफ्ना भनाइहरु राख्दै इस्लामी संघ नेपाल पाल्पा तया यस राहत कार्यक्रमका संयोजक जुबेर अहमदले इस्लामी संघले विगतका वर्षहरुमा पनि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी गराउँदै यसपालिको राहत कार्यक्रमलाई विस्तृत गर्दै नगरपालिकाका अन्य वडा र ठाउँहरुमा समेत विस्तार गरिएको बताउनुभयो ।
यस कार्यक्रबाट प्रति परिवारले २५ किलो चामल, २ किलो दाल , २ किलो चिनी, २ किलो नुन र २ लिटर खाने तेल वितरण जानकारी गराउँदै इस्लामी संघ नेपालले नेपालको कुनै पनि ठाउँमा आइपरेका विभिन्न विपदाहरुमा कुनै कुराको विभेद नगरी केवल मानव सेवाको भावनाले राहत तथा उद्धारका कार्यक्रमहरु संचालन गरेको बताउँदै वर्तमान समयमा विशेस गरी कोरोना पिडितहरुलाई राहत तराइँमा बढीबाट प्रभावित मानिसहरुलाई राहत र जनगणना २०७८ सम्बन्धि जनचेतनाका कार्यक्रमहरु गरिरहेको जानकारी दिनुभयो । रामपुर नगरपालिकामा आयोजना गरिएको राहत वितरण कार्यक्रममा परिवार छनोट गर्न र अन्य सरसल्लाह दिइ सहयोग गर्नुभएकोमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापालाई र वडा नं ४, ५ र १० का वडा अध्यक्षहरुलाई समेत धन्यवाद व्यक्त गर्नुभयो ।