महिलालाई जबर्जस्ती करणीको प्रयास गर्ने युवक पक्राउ

बोली खबर   १७ कार्तिक २०७८, बुधबार २०:१७

पाल्पा – महिलालाई जबर्जस्ती करणीको प्रयास गर्ने एक जना युवक रामपुरबाट पक्राउ परेका छन् । बाख्रा चराउन गएको बेला रामपुर–१, की २६ वर्षीया महिलालाई रामपुर–१, कै ३३ वर्षीय महेन्द्रबहादुर पुलामीले जबर्जस्ती करणी प्रयास गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

पुलामीलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गत कात्तिक १ गते बाख्रा चराउन गएका ती महिलालाइ पुलामीले बलात्कारकाे प्रयास गरेकाे पीडितकाे भनाइ छ ।बलात्कार प्रयासपछि १५ दिनअघि फरार रहेका पुलानीलाई घर नजिकैबाट पक्राउ गरेर अदालतमा बुझाइएको पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।