द अनरिड लेटर (कथा)

बाेली खबर   १९ कार्तिक २०७८, शुक्रबार ०९:१३

आज पनि उ सधै जस्तै पत्र मंजुषामा चिट्ठी खसालेर गयो । धेरै बर्ष भैसकेको छ उसले यसरी दैनिक पत्रहरु पठाउन लागेको। म हरेक दिन उसको पत्रलाइ, बक्सबाट निकालेर पत्रको गन्तव्यमा पठाउन झोलामा लाहा छाप लगाएर पठाउने गर्थे । उसको पत्रमा ठेगाना र प्रापकको नाम उहीँ नै हुन्थ्यो। म कहिलेकाही अचम्म पनि पर्थे को हो ? के सम्बन्ध होला जसलाई उ सधैं यसरी नै पत्र पठाइरन्छ। मलाई कौतुहलता लाग्थ्यो । उ टिकट किन्थ्यो टिकट खाम टासेर बक्समा खसाल्थ्यो अनि लाग्थ्यो आफ्नो बाटो। कहिले काहीँ उ सोध्ने गर्थ्यो, भाइ मेरो नामको कुनै चिट्ठी आको छ ? मैले जवाफ दिन्थे छैन दाइ यो सुनेर उ अलि निरास भए जस्तो मलाइ लाग्थ्यो। हुन पनि मैले उसको नाममा कुनै पत्र आएको थाहा पाएको छैन, तर उ एकोहोरो पत्र पठाइरहन्छ । मेरो मनमा जिज्ञासा सधैं नै थियो तर मैले पनि सोध्ने आँट कहिल्यै गरिन। अलि भावुक जस्तो लाग्ने, उ उमेरले करिब करिब साठिको आसपास हुनुपर्छ । तर उसका कपाल कालै छ, अनुहार चाउरिएको देखिदैन चमक देखिन्छ उसको अनुहारमा, भलादमी तरिकाले लगाएको कपडा, रेवनको कालो चश्माले आकर्षक बनाएकोछ उसलाई ।

सधैं जस्तै आज पनि उ पत्रलाई पत्र मंजुषामा खसाल्यो । अनि आज पनि त्यही प्रश्न गर्‍यो, भाइ-कुनै चिट्ठी छ ? मैले भने छैन दाइ । आज पनि उसलाई निरास देखें । जान्ने कौतुहलता मलाइ जाग्यो र मेरो मनमा एउटा पाप भनुँ कि अपराध गर्न मन लाग्यो । आज उसले पठाएको चिट्ठी खोलेर पढन मन लाग्यो।मैले भगवान संग माफ मागें अनि उसको पत्र उसको गन्तव्यमा नपठाइ आफ्नो गोजिमा हाले, अफिस सकिएपछि म डेरा तिर लम्के । आज मेरो खुट्टा निकै छिटो छिटो चलेको भान भयो । उसको पत्र गोजिमा छ, पढने बेचैनी बढेको छ यसैले होला मेरा खुट्टा छिटो छिटो चलेको । मनमा कौतुहलता अनि डर दुबै छ। कसैको पत्र अपहरण गर्नु अपराध हो । तर उसको उदासीपन अनि धैर्यता दुबै राम्रोसँग नियालेको छु मैले,  हार मानेको देखिदैन उ,  उदासिमा पनि कता कता ओठमा मुस्कान छरिए जस्तो पनि देखिन्थ्यो । छेवैको चौपारीमा बसि चुरोट तान्दै धुँवालार्इ बायुमण्डलमा उडाएको अनि त्यो धुँवालाइ नियाल्दै धेरै बेर सम्म टोलाएको पनि मैले धेरै पटक देखीसको छु। निकै अनौठो लाग्थ्यो उ कसै संग बोलेको मैले देखेको छैन ।

कोठामा पुगें उसको पत्र खोलेर हेर्न थालेँ पत्रमा लेखिएको थियो – अनु  !आज करिब ४० बर्ष  भएछ हाम्रो बिछोड भएको । यस बिचमा थुप्रै पत्रहरु मैले लेखें पठाएँ तर कुनै पत्रका जवाफ थिएन ।  मलाई थाहा छ तिमी आफ्नो जिन्दगीमा रमाउदै छौ आफ्नो घर संसारमा रमाउदै छौ । तर मेरो यो मनले कहिल्यै तिमिलाइ भुल्न सकेन । माया दुबैले गरेका थियौं र दुबै अलग अलग पनि भयौं, म कुनै दोष तिमिलार्इ दिन चाहान्न । म आज सम्म पनि पर्खिरहेछु तर तिमिलाइ होइन शायद अचम्म लाग्ला । माया, पाउनको लागि मात्रै गरिदैन । माया त त्याग हो, बलिदान हो । जहाँ अरुको खुसिको लागि प्रार्थना गरिन्छ। क्षणिक स्वार्थका लागि गरिने प्रेम, प्रेम होइन त्यो त जवानिको उन्मादा हो, जुन उन्मादलाइ नियन्त्रणमा गर्न नसक्दा पछुताउनु पर्ने हुन्थ्यो । हुन त हामी दुबै बाट यो गल्ती कहिल्यै गरिएन । मलार्इ थाहा छ तिमी पनि धेरै माया गर्थ्यौ । भगवानले लेखेको रेखा कहाँ बदल्न सकिन्थ्यो र । जन्म संगै कसैको नाम हाम्रो भाग्यमा संगै कोरिएर आएको हुन्थ्यो त्यो तिमिले पायौ तर मेरो भाग्यमा नाम सिर्फ तिम्रो लेखिएको थियो तर अधुरो तेसैले त आज पनि एक्लो जिबन बिताएको छु। केहि आशा छन केही निराशा छ्न । यसै संग जीवन बिताउने प्रयास गरिरहेछु । जिबनको अन्तिम पल कुरिरहेछु । जिन्दग अब बाच्नु को कुनै अर्थ छैन । जति बाचे तिम्रो यादको सहारामा बाचें ।तिम्रा यादहरु संगै कुरा गरे बोले समयलाई यसरी नै ब्यतित गरें। मैले अतीत सम्झन थाले ।

कलेजको पहिलो दिन थियो । म भर्‍याङ चढ्दै थिएँ तिमी भर्‍याङ झर्दै थियौ तिमी संग ठोक्किएर म लडदा निधारमा चोट लागेको  यो घाउ आज पनि ताजै छ।एउटा चिनो बनेर मायाको । मेरो घाउ निको हुन थुप्रै दिन लागेको थियो त्यो बिचमा जति पटक तिमी मलाइ देख्थ्यौ उति पटक तिमी सरी भन्ने गर्थ्यौ , मैले इट्स अाेके  हासेर भनिदिन्थे । यहि बहानामा कहिलेकाही मैले चिया पिउने अनुरोध गर्थे ,यसरी नै हाम्रो हेलमेल बढेको थियो  । पहिले प्रेमको प्रस्ताव तिमिले पत्र मार्फत गरेकी थियौ । मलाइ तिम्रो पत्रको जवाफ दिन एक हप्ता लागेको थियो ।  बैंक रोड (मखन टोल) को बाटो मुनिको रेड रोजमा तातो जेरि अनि पुरी खादै गर्दा मैले तिमिलाई पत्र दिएको थिएँ । डर थियो, त्रास थियो अनि खुसी पनि। मलाइ चोट लागे्र एक हप्ता कलेज जान नसक्दा मेरो लागि तिमीले नोट बनाइदिएकी थियौ। क्लासमा सरले पढाउनु भएका बिषयमा मलाइ सुनाउथ्यौ। तिम्रो बोलिचालिको शालीन ब्यवहार देखेर तिम्रो प्रेम यसरी रेडरोज रेष्टुरेन्टमा स्वीकार गरेको थिएँ।

डर थियो, त्रास थियो अनि खुसी पनि। मलाइ चोट लागे्र एक हप्ता कलेज जान नसक्दा मेरो लागि तिमीले नोट बनाइदिएकी थियौ।

त्यस पछिका दिन २ बर्ष कसरी बिते दिन बितेको पत्तै भएन । कहिले टुँडिखेलमा बदाम खादै बस्दा माडी फाँटलाइ कुहिरोले ढाकेको हुन्थ्यो । अनु! हेर त कुहिरोले कसरी ढाकेछ त्यो माडी फाँंटलाइ । मलाइ पनि तिम्रो मायाले यसरी नै ढाकेछ आफ्नो प्रेम यसरी ब्यक्त गर्दा उनले हास्दै भन्यौ बिज्ञान पढने बिद्यार्थीले यसरी भावानामा बग्नु हुदैन । अनि मैले भन्थे बिज्ञान पढेनेको मुटु रसाएनले मात्रै भरिएको अनि ल्याबमा मात्र सिमित हुन्छ र रु मुसुक्क हास्दै उनले जवाफ दिइन  रसाएन र ल्याब बाट बाहिर निस्कने दिनलाई पर्खेर बस्नु अनि तिम्रो मुटुमा म अक्सिजन भएर आउने छु । पल्मनरी धमनी, शिरा हुदै तिम्रो शरीर भित्र छाउने छु अनि मलाइ तिम्रो ल्याब जाच्नु । हामी बिज्ञानका विद्यार्थी थियौ उनले बिज्ञानको तरिकाले जवाफ दिइन मैले पनि भने, म पनि H2O भएर तिमि भित्र छिर्ने छु अनि तिमिलाइ डिहाइड्रेशन हुनुबाट जोगाउने छु । अनु अब जाउ होला । हुन्छ जाउ अब अनु उठदै कपडामा धुलो टक्टकाइन । हामी बाटो लाग्यौ बाटो हिडदै गर्दा अनुले भनिन अमन हामी एक अर्कालाइ धेरै माया गर्छौ २ बर्ष पनि बित्न लागेछ फाइनल इएरको एक्जाम पछि हामी एक अर्का बाट छुट्टिनु पर्छ सायद धेरै दुखको दिन होला त्यो । तर अमन म तिमी बिना आफुलाइ कल्पना पनि गर्न सक्दिन, कसरी दिन बित्ला। मैले हाँसेर जवाफ दिएँ अरे बिज्ञानको विद्यार्थीको मुटु यति कमजोर रु मजाक नगर अमन अनु निकै भावुक हुदै भनि । अनु म पनि तिमी बिना आफुलाइ अपुरो ठानेछु तर हाम्रो लक्ष्य हाम्रो प्रेम त्यो पूरा हुनेछ, अनु तिमी हौसला राख,  अँध्यारो पछिको सुनौलो बिहानी जब हाम्रो जिबनमा नयाँ लाली बनेर , नयाँ उषाका किरण लिएर आउने छ अनि खुसी खुसी नै हुनेछ ।

अमन ! अनु चिच्याइ ! बसन्तपुरको उकालो चढदै गर्दा अनुको चप्पल चिप्लेर लडन लाग्दै गर्दा मैले झट्ट उनको हात समाते । उत्तरी ध्रुब र दक्षिणी ध्रुबको मिलन पहिलो पटक भयो ।

हामी उकलो लाग्यौ बतासेडाँडाको चिसो सिरेटो मुटु कमाउने खालको थियो, उत्तर तिर सेता हिमाल हामीलाइ हेरेर हाँसे जस्तै, सल्लाघारिमा चखेवा जोडी ओल्लो डाली र पल्लो डाली गर्दा हामीलाइ जिस्क्याए जस्तो लाग्थ्यो ,  यो दृश्य अनि अनुको साथको अनुभुती यो भन्दा सुन्दर पल के होला मैले मन मनै सोचें। हामी आ आफ्नो कोठामा लग्यौ । फाइनल एक्जाम पनि नजिकै आइसकेको थियो । एक्जामको तयारीमा हाम्रो भेट खासै भएन । जब भेट हुन्थ्यो त हामी आफ्नो अध्यानको बारेमा गफ गर्थ्यौ । एक्जाम शुरु भयो पहिलो,  दोस्रो, जति पेपेर सकिन्थ्यो मेरो मुटुको धड्कन बढने गर्थ्यो, अब छुट्टिने दिन आउदैछ।

आज हाम्रो एक्जामको अन्तिम दिन थियो । मन भारी भएको थियो । एक्जाम हलबाट निस्केर मैले अनुलाई पर्खें । अनु बाहिर आउदै थिइन मैले चिच्याए अनु !अनु !! । अमन त्याहाँ छौ,  नजिकै आएर भनिन कस्तो भयो पेपर र अनु छोड पेपरको कुरा । अनु अनु मैले यति मात्रै भनिरहे । के भयो अमन अनुले भनी । अनु भन्दै कमैले अनुको हात जोरसंग समाते । अनु मौन थिइन । अलि पर चौरमा गएर बस्यौ हामी दुबै । अनु ! कहिले जान्छौ तिमी रुमैले अनुलाई हेरें अनुको आँखा रसाए जस्तो लाग्यो। अनि मलाई सोधिन तिमी कहिले जाने घर मैले मन नलागी नलागी भने पर्सि जानू पर्ला । तेसो भए म पनि पर्सि नै जान्छु । आँखा भरी आँसु बनाउदै अनुले रुन्चे स्वरमा भन्न थालिन,  अमन ! एउटा बाचा गर हुन्छ ल भन अनु बाचा भो । अमन ! यदि जिन्दगीको कुनै मोडमा हामी एक आपसबाट अलग हुनु पर्‍यो भने हामी एक अर्कालाइ दोष दिनेछैनौ । यो तिमी के भन्दै छौ अनु हामी अर्काबाट टाढिन कसरी कल्पना गर्न सकिन्छ र अनु रुदै अमन भनेर मेरो हात समतीन । हामी धेरै बेर सम्म त्यही बस्यौ ।

 अमन ! एउटा बाचा गर हुन्छ ल भन अनु बाचा भो । अमन ! यदि जिन्दगीको कुनै मोडमा हामी एक आपसबाट अलग हुनु पर्‍यो भने हामी एक अर्कालाइ दोष दिनेछैनौ । यो तिमी के भन्दै छौ अनु हामी अर्काबाट टाढिन कसरी कल्पना गर्न सकिन्छ र अनु रुदै अमन भनेर मेरो हात समतीन ।

हामी आ-अफ्नो गन्तव्यमा लाग्ने दिन आयो, बसपार्कमा आफ्नो आफ्नो झोला बोकेर हामी आफ्नो आफ्नो बसको टिकट लियौ । अनुको आँखा भरीको आँसु, बोल्ने खोज्दा कापेका ओठहरु अमन अमन मात्रै भनिन् मैले झर्न लागेको आफ्नो आँसु लुकाए । अनुलाई बसमा चढाएर शुभ यात्रा अनु भन्दै गर्दा अनुले आँसु थाम्न सकिनन् दुबैका आँखा रसाए । मैले अनुलाई बिदा गरेर म पनि आफ्नो गन्तव्यमा लागे बस चढे । मुटु टुक्रा टुक्रा भए जस्तो लाग्यो ।

हाम्रो रिजल्ट आयो दुबै प्रथम श्रेणीमा उत्तीर्ण भएछौ । निकै खुसी लागेको थियो । केही समय पछि भर्ना खुल्यो,  म भर्ना भएँ,  मैले अनुको बाटो हेरेँ  हप्ता बित्यो महिना बित्यो,  ब्याचलर पहिलो बर्षको परिक्षा सुरु भयो अनु आइनन । न कुनै खबर न कुनै चिट्ठी पत्र । पहिलो बर्षको परिक्षा सकेर म घर फर्के त्यस पछि मैले क्याम्पस छोडें । गाउँकै एउटा प्रा बि को स्कुलमा पढाउन थाले । साना साना नानी बाबूलाई साथी बनाएँ हात समातेर लेख्न सिकाउथे । उनीहरुसंगै रमाउथे । कहिलेकाही मेरो दाह्री समातेर झुल्लिन खोज्थे।

अनु ! अचम्म लाग्गा यो ४० बर्ष सम्म मैले तिमिलाइ पर्खेको होइन, मैले मेरो जिन्दगीको अन्तिम दिन पर्खेको थिएँ । तर मृत्युले लग्दै लगेन । अनु कुनै गुनासो छैन तिमीसंग र जिन्दगीसंग । तिमीसंग बिताएका पल जिन्दगीको साथी बन्यो तिमी थिएनौ तर पनि हरपल तिमीसाथ थियौ ।

मैले उसको पत्र पढिसकेपछि मेरा आँखा भरी आँसु आयो कोहि यति लामो समय सम्म आफ्नो प्रेम सम्झेर बस्न सक्दो रहेछ । प्रेम,  त्याग र बलिदान भन्ने कुरा मैले उसको पत्रबाट थाहा पाएँ । निस्वार्थ माया यसरी गरिदो रहेछ, जो आफ्नो मायाको लागि आफ्नो जिन्दगी बलिदान दिन्छ । मैले उसको पत्रलाई खाम भित्र हालेर उहीँ ठेगानामा पठाइदिएँ।

आज धेरै पछि उसको नाम को पत्र आएको थियो प्रापक अमन,  प्रेषक अनु ! म भित्र एउटा खुसिको तरंग यसरी आयो कि मानौ कुनै युद्ध पछिको जित योद्धाले जसरी मनाउछ । म खुसीले उन्माद थिएँ । यो पत्रको उसको हातमा दिंदा कति खुसी होला उ । म लम्के चिठ्ठी बोकेर सुसेली हाल्दै उसको घरतर्फ ।

धेरै दिन भयो मैले उसलाइ देखेको थिइन । चिठ्ठी पठाउन पनि आएको छैन । आज धेरै पछि उसको नाम को पत्र आएको थियो प्रापक अमन,  प्रेषक अनु ! म भित्र एउटा खुसिको तरंग यसरी आयो कि मानौ कुनै युद्ध पछिको जित योद्धाले जसरी मनाउछ । म खुसीले उन्माद थिएँ । यो पत्रको उसको हातमा दिंदा कति खुसी होला उ । म लम्के चिठ्ठी बोकेर सुसेली हाल्दै उसको घरतर्फ । आँगन अगाडि मान्छेहरुको भिड थियो मैले एक जनालाई सोधे के भयो यहाँ जवाफ थियो अमन सर बित्नु भयो । मेरो टाउकोमा आकाश झरे जस्तै भयो, म स्तब्ध भएँ । हातमा उसको पत्र छ, अगाडि उसको लास छ। कस्तो आकाट्य रहेछ जिन्दगी । जसको पर्खाइमा यति लामो जिन्दगी बितायो,  आज त्यो चिज उसको सामु हुदाँ उ छैन । मैले पत्र हातमा हल्लाउँदै लामो सुस्केरा ताने,  अमन सर आत्ममाले शान्ति पाओस श्रद्धाका दुई थोपा आँसु चढाएर म फर्के ।