सिलुवामा पाँचौं ‘मण्डली कप-२०७८’ हुने

बाेली खबर   २३ कार्तिक २०७८, मंगलवार १४:१४

रामपुर, मण्डली स्पाेट्स क्लबको आयोजनामा पाँचौं मण्डली कप २०७८ हुने भएको छ । पूर्वखोला १ सिलुवा बजारमा हुन लागेको मण्डली कप अन्तरपालिकाका स्तरीय पुरुष भलिवल प्रतियोगिता तथा बृहत साँस्कृतिक कार्यक्रम हुन लागेको मण्डली स्पाेट्स क्लबका अध्यक्ष अनन्त श्रेष्ठले जानकारी दिएका छन् ।

मण्डली स्पाेट्स क्लबको आयोजना तथा पूर्वखोला गाउँपालिका सहआयोजक रहेको मण्डली कप २०७८ कार्तिक २४ देखि २७ गते सम्म मण्डली खेलमैदान सिलुवा बजारमा हुनेछ ।

मण्डली कप अन्तरपालिकाका स्तरीय पुरुष भलिवल प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्तवना पुरस्कार क्रमशः ७५ हजार, ५० हजार, २५ हजार र १० हजार राशी तथा कप, मेडल र प्रमाणपत्र रहेको क्लबका उपाध्यक्ष नुन बहादुर खासुले जानकारी दिएका छन् ।

समापन कार्यक्रममा कौरा, लोक नृत्य, पन्चे बाजा सहितको साँस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । मण्डली कप विगतका बर्षहरु देखि निरन्तर रूपमा आयोजना हुने गरेको छ ।