
पाल्पा, निस्दी गाउँपालिका-४ पाल्पाका एक वृद्ध मृत अवस्थामा भेटिएका छन् । निस्दी ४ मित्याल आमडाँडा बस्ने ७१ वर्षिय विष्णु बहादुर सुनारी आमडाँडाबाट रुक्से भञ्ज्याङ्ग जाने गोरेटो बाटो मुनी फेला परेका हुन् ।
सुनारीलाई बुधबार विहान नौ बजे स्थानीयले गोरेटो भन्दा १५ मिटर तल मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना बारे प्रहरीलाई खबर प्राप्त भए संगै मुचुल्का गरि शव पोष्ट मार्टमको लागि रामपुर अस्पताल ल्याईएको ईलाका प्रहरी कार्यालय रामपुरकाले जनाएकाे छ ।क
घटनाको बारेमा थप अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार एक्लै बस्दै आएका सुनारी गत कार्तिक २० गते पछि सम्पर्क विहिन भएका थिए ।