मण्डली स्पोर्ट्स क्लब पूर्वखोला-१ सिलुवाकाे पाँचौं मण्डली कप सम्पन्न (फाेटाे सहित)

बाेली खबर   २६ कार्तिक २०७८, शुक्रबार २३:१६

पाल्पा, मण्डली स्पोर्ट्स क्लब पुर्बखोला १ सिलुवाले पाँचौं मण्डली कप – २०७८ सम्पन्न गरेको छ । अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता फाइनल खेल जारी रहेता पनि समय अभावका कारण कात्तिक २७ गते सम्पन्न गर्ने गरी अाैपचारिक कार्यक्रम तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

समापन समारोहमा पाल्पा क्षेत्र न १ का संघीय साम्सद नेकपा एमाले पोलिटव्युरो सदस्य एब लुम्बिनी प्रदेश सह इन्चार्ज दलबहादुर राना रहनु भएको हो । प्रमुख अतिथी रानाले बोल्दै मण्डली स्पोर्ट्स क्लबले आफ्नो साँस्कृतिक र धार्मिक रुपमा नामाकरण गरिएको हो । यो मगर समुदायको कुलको नामबाट नाम राखिएको क्लबको नाम भन्दै यस्ता क्लबहरुले एमालेको सरकार हुदाँ प्रत्येक पालिकामा एक खेल मैदान बनाउने उद्देश्य अनुसार बजेट परेको छ र पहाडी क्षेत्रमा पनि सकिन्छ भन्दै निस्दी गाउँ पालिकामा ३५ रोपनी जग्गा लिएर खेल मैदान बनेको भन्दै गाउँ पालिकाले बनाएको यो खेल मैदान काम बाँकी छ काम गर्दै जाने हो भन्दै उहाले राती को बेलाको समेत खेल खेल्न मिल्ने गरि योजना बनाउनु पर्ने बताउनु भएको छ ।

उहाँले बोल्दै संघ प्रदेश र स्थानीय तह मिलेर बिकासका रेखा कोरिदै गएको भन्दै निस्दी को काउले डाँडामा रहेको नाच घर लाई जोड्दै संघीय साम्सद को हैसियतले जे पनि सहयोग गर्न तयार रहेको बताउनु भएको छ उहाले बिद्धुत सब स्टेशन समेत रहेको भन्दै सिलुवाबासीलाई धन्यवाद दिनु भएको छ ।

खेलमा प्रथम दितिय लगायत सबैलाइ शुभकामना दिनु भएको छ ।

भलिबल प्रतियोगितामा १२ प्रतियोगिताले सहभागीता जनाएका थिए । पाल्पा स्याङ्जा तनहुँका खेलाडी सहभागी रहेको खुला पुरुष भलिबलमा शुक्रबार  अन्तिम दिन पहिलो खेल स्याङ्जा चापाकोट नगरपालिका र पाल्पा रम्भा गाउँपालिका बिच भएको थियो जसमा  चापाकाेटको समुह बिजयि भै तृतीय हुन सफल भएको छ । रम्भा गाउँपालिका सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

समापन कार्यक्रममा बोल्दै पूर्वखाेला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले खेलकुद बिकासका लागि मण्डली  स्पोर्ट्स क्लबले गरेको कार्यक्रम लाई धन्यवाद दिनु भएको छ । पुर्बखोला गाउँपालिकाले सबै क्षेत्रमा सहयोग गरेको समानुपातिक बजेट बिनियोजन गरेको अबस्थामा यस क्लबले सौहार्द पुर्ण रुपमा खेल खेलाएर पालिकालाई सहयोग गरेकोमा धन्यवाद दिनु भएको छ ।

खेल मित्रता कायम गर्न खेलिने भएकोले युवाहरु देश र समाज बिकासका लागि एक जुट हुन अनुरोध गर्नु भएको छ ।

कार्यक्रम सफलताको शुभकामना प्रथम पुरस्कार दाता दिर्घायु मेडिकल हलका प्रोप्राइटर नेकपा एमाले जिल्ला कमिटी सदस्य राजु प्रसाद श्रेष्ठले व्यक्त गर्नु भएको छ । श्रेष्ठले बोल्दै सामाजिक भावनाले वतप्रोत भएको यस क्षेत्र र क्लबको सफलताको शुभकामना दिनु भएको छ ।

कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायक हुम गैरे , सुर्य गैरे , पाल्पा लोक आइडल धनमाया थापा, तोया बिक लगायतको प्रस्तुति रहेको थियो । सिलुवाको सास्कृतिक परम्परा झल्किने पोसाक , नृत्य , र नब दुर्गा पन्चै बाजाको समुहको प्रस्तुतीकरणले कार्यक्रममा झन रौनकता छाएको थियो ।

क्लबका सदस्य  नवीन आचार्यकाे स्वागतबाट सुरू भएकाे कार्यक्रममा अध्यक्षता क्लबका अध्यक्ष अनन्त श्रेष्ठले गर्नु भएको थियो भने सन्चालन कृष्ण पङ्गेनीले गर्नु भएको थियो ।