मुल्यवृद्दि विरुद्ध पाल्पा तानसेनमा नेकपाकाे मशाल जुलुस

बोली खबर   २७ कार्तिक २०७८, शनिबार ०५:१९

मुक्ति गैरे/पाल्पा
नेपाल कम्युनिस्ट पार्टी,पाल्पाले पेट्रोलियम पदार्थमा गरिएको चर्काे मुल्य बृद्धीकाे विरुद्धमा अाज साँझ जिल्ला सदरमुकाम तानसेनमा मशाल जुलुश गरेकाे छ ।


सरकारले केही दिन अघि गरेकाे पेट्रोलियम पदार्थकाे अत्याधिक मुल्य वृद्धिकाे विरुद्धमा अाज नेकपाले मशाल जुलुश सम्पन्न गरेकाे हाे । नेकपाका महासचिव विप्लवद्वारा हिजो प्रकाशित विज्ञप्ति अनुसार अाकाशिदाे महंगी र पेट्रोलियम पदार्थमा गरिएको चर्काे मुल्य वृद्धिकाे विरुद्ध देशव्यापी संघर्षका कार्यक्रमहरु घाेषणा गरिए अनुरुप २५ गते देशव्यापी विराेध प्रदर्शन,२६ गते दिउँसो प्रचार/ प्रसार,साँझ मशाल जुलुश,२७ गते देशव्यापी प्रदर्शन,२८ गते बिहान १० देखि ११ बजेसम्म (१ घण्टा चक्काजाम),२९ गते दिउँसो सिट्टी जुलुश,साँझ मशाल जुलुश र ३० गते नेपाल बन्द लगायतका कार्यक्रम घाेषणा गरेको छ ।


देशव्यापी गरिएकाे संघर्षकाे केन्द्रीय कार्यक्रम अनुसार शुक्रवार पाल्पाकाे विराेध स्वरूप मशाल जुलुश गरेकाे नेकपाका जिल्ला ईन्चार्ज अपेक्षाले बताउनु भएको छ । अाजकाे दिनसम्म पेट्रोलकाे वृद्धि भएको मूल्य १३३ रुपैया रहेकाे छ । सरकारले प्रति लिटर ४७ रुपैयाँमा अायात गर्ने तर बिक्रीवितरण भने अत्याधिक चर्काे मुल्य गरेकाेले जनताकाे ढाड सेकिने गरि गरेकाे मुल्य वृद्धिकाे विरुद्धमा पार्टी जनतालाई साथमा लिई संघर्षमा उत्रेकाे हाे ।

याे अान्दाेलनमा सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई सक्रिय सहभागी हुन अाह्वान गर्दै नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद,पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर,दलाल संसदीय व्यवस्था मुर्दावाद,वैज्ञानिक समाजवाद जिन्दावाद,एकीकृत जनक्रान्ति जिन्दावाद,कार्तिक ३० गतेको नेपाल बन्द सफल पाराैं लगायतका नारा समेत लगाएको थियोे ।