नेकपा एमाले पाल्पा महाधिवेशन प्रतिनिधि मनोनयन दर्ता

बोली खबर   २७ कार्तिक २०७८, शनिबार ०५:५३

नेकपा एमाले १० औ महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता शुक्रवार भएको छ । देश भरी भएको मनोनयन दर्ता सैभाद्र रुपमा सम्पन्न भएको एमाले सचिबालय ले जनाएको छ ।

शुक्रवार पाल्पामा पनि मनोनयन दर्ता भएको छ । पाल्पा दुई वटा निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका छन ।पाल्पाको १ न क्षेत्रमा मा ६ जनाको मनोनयन परेको छ मनोनयन दर्ता गर्ने सबै सर्बसहमत भएको निर्वाचन सम्योजक हरि प्रसाद घिमिरेले जानकारी गराउनु भएको छ । पाल्पाबाट जम्मा १५जना महाधिबेशन प्रतिनिधि रहेकोमा खुला तर्फ ९ जना ४ महिला २ जना दलित सदस्य गरि जम्मा १५ जनाले प्रतिनिधित्व गर्ने छन । जसमा क्षेत्र न १ मा पुरुष तर्फ राधाकृष्ण कंडेल , देबिलाल लामिछाने ,बिमल काफ्ले र झपेन्द्र जिसि रहनु भएको छ भने महिला तर्फ सरास्वती भट्टराई र कुबिजा अर्याल रहनु भएको छ ।
भने क्षेत्र न २ मा सहमतिका लागि निर्वाचन कार्यतालिका पछाडि सारिएको छ ।
नेकपा एमालेको हुन गइरहेको १० औ महाधिवेशनका लागि १२ सय पार्टी सदस्य बराबर १ महिला सहित ३ जना प्रतिनिधि हुन पाउने भएको हो । दशौ महाधिवेशन चिनवनमा आउदो मंसिर १०/११/१२ मा हुने भएको छ ।