
पाल्पा–आवाज बिहिन हरुको आवाज सामुदायिक रेडियो रामपुरले आफ्नो बार्षिक उत्सब मनाएको छ ।कालिगण्डकी वेशी कै पहिलो रेडियो सामुदायिक रेडियो रामपुरले आफ्नो स्थापना दिवस मनाएको हो ।कालिगण्डकी सामुदायिक विकास केन्द्रद्धारा संचालित सामुदायिक रेडियो रामपुरले आफ्नो १३ औँ बार्षिक उत्सव मनाएको हो । रेडियोले शुक्रबार एक कार्यक्रमका विच आफ्नो स्थापना दिवस मनाएको हो ।
रेडियो संचालक समितिका अध्यक्ष ऋषिराम भट्टराईको अध्यक्षतामा भएको बर्षिक उत्सव कार्यक्रम लुम्बिनि प्रदेशका सांसद युवराज खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश साँंसद युवराज खनालले समुदायको आवाज बोल्ने संचार माध्यमले सम्मुन्नत विकास र समृद्ध समाज निर्माणका लागी सहि संचार दिनु पर्ने बताउनुभयो । उहाँले रेडियोले जे सुनायो त्यही सुन्ने भएकाले जनतालाई सुसुचित गर्नका लागी निष्पक्ष ढंगले हरेक समाचार र कार्यक्रम सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
फरक प्रसंगमा साँसद खनालले लोकतन्त्रलाई कमजोर पार्न अहिले विभिन्न शक्तिहरु लागी परिरहेकोले लोकतन्त्रको रक्षाका लागी सवै राजनितिक दल मिलेर जानुको विकल्प नभएको बताउनुभयो । पछिल्लो समय प्राय राजनितिक दलका नेताहरु पद लुप्त भएका कारण पनि लोकतन्त्र कमजोर भई रहेको बताउदैँ यसले समाजवाद तर्फ जाने बाटो नै अवरुद्ध हुने खतरा निम्त्याएको औल्याउनुभयो ।
रेडियोको प्राङ्गण रामपुर ५ सानीअमराई पाल्पामा भएको कार्यक्रममा नेकपा एमाले रामपुर नगर कमिटिका उपाध्यक्ष तोयानाथ सारुले रेडियोको विकासका लागी सवै राजनितिक दल मिलेर लाग्नु पर्ने बताउनुभयो । यस्तै नेकपा माओवादी केन्द्र रामपुरका नगर अध्यक्ष यम बहादुर सुनारले रेडियोले समुदायका हरेक जनताकोे समान आवाज बोल्न आवश्यक रहेको बताउनुभयो । नेपाल कमन्युष्ट पार्टि एकिकृत समाजवादी पार्टिका केन्द्रिय सल्लहाकार सदस्य लेखनाथ पोखरेलले रेडियो प्रचार प्रसारको माध्यम मात्र नभई शिक्षाको माध्यम पनि भएकोले सत्य तथ्य र सही सुचना सम्प्रेसण गर्नु पर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा रेडियोका संस्थापक सदस्य दुर्गा देवि पोखरेल , राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष पदम पौडेल , राप्रपा रामपुरका सचिव बृहस्पति अर्याल , कालिगण्डकी सामुदायिक विकास केन्द्रका उपाध्यक्ष एकराज अर्याल , नेपाल पत्रकार महासंघ पाल्पाका जिल्ला सदस्य दुर्गेश मल्ल , रेडियोका पूर्व स्टेशन प्रबन्धक शुकदेव पोखरेल , रामपुर बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष नगिलाल पौडेल , रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल , रामतुलसी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु पौडेलले रेडियोले जनताको आवाज बोल्नु पर्ने बताउदै बार्षिक उत्सवको अवसरमा शुभकामना दिनु भएको थियो ।कार्यक्रममा संचालक समितिका अध्यक्ष ऋषिराम भट्टराईले संस्थाको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष छाँयाचन्द्र पंगेनीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । रेडियो संचालक समितिका उपाध्यक्ष राम प्रसाद खत्रिको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन सामुदायिक रेडियो रामपुरका स्टेशन प्रबन्धक छवि खनालले गर्नु भएको थियो । रेडियो २०६५ साल कार्तिक २६ गते स्थापना भएको थियो ।