
पाल्पा, पूर्वखोला गाउँपालिका-१ सिलुवा पाल्पामा जारी ‘पाँचौं मण्डली कप-२०७८’ को फाईनल खेल सम्मपन भएको छ ।
शुक्रबार साँझ पख भएको फाईनल खेल रात परेपछि समय अभावका कारण स्थगित भए सङ्गै शनिबार बिहान
अन्तर पालिका स्तरिय प्रतियोगिताको उपाधीको लागि स्याङ्जाको कालीगण्डकी गाउँपालिका र पाल्पाको निस्दी गाउँपालिका विच प्रतिस्पर्धा भएको हो । पहिलो सेट निस्दि गाउँ पालिकाले हात पार्यो भने अन्य ३ सेट कालीगण्डकी गाउँपालिकाले हात पारे संगै मण्डलि कप कालीगण्डकी गाउँपालिकाले लैजान सफल भएको छ ।
दोस्रो पुरस्कर निस्दि गाउँपालिकाकाले हात पारेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न तेस्रो स्थान छनौटको खेलमा चापाकोट नगरपालिका विजयी भएको छ । वेष्ट अफ थ्रीमा भएको खेलमा चापाकोट नगरपालिकाले रम्भा गाउँपालिकालाई २-१ सेटले पराजित गरेको हो। मण्डली स्पोर्टस क्लवको आयोजना र पूर्वखोला गाउँपालिकाकाे सहआयोजना भएको प्रतियोगितामा पाल्पा, स्याङ्जा, तनहुँ, नवरपुर पुर्व र पश्चिमका १२ समुहको सहभागिता रहेको थियो ।
फाईनल खेल सकिए संगै प्रथम र द्वितीय पुरस्कार वितरण र सहयोगी व्यक्ति र संस्थाहरुलाई सम्मान गरिएको थियो ।मण्डली स्पोर्ट क्लवका अध्यक्ष अनन्त प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य दल बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै रानाले मण्डली कपले सिलुवामा अवस्थित चुरा बराजुको मन्दिरलाई चिनाउनुका साथै नयाँ प्रतिभालाई उत्थान गर्न सहयोग गरेको बताउनुभयो । उहाँले भलिबल ग्रामीण भेग देखि शहर सम्म लोकप्रिय खेल भएको बताउँदै पूर्वाधार विकासका पहल भैरहेको बताउनुभयो । ग्रामीण क्षेत्रमा पनि भलिबल संगै अन्य विद्याका प्रतियोगिता सञ्चालन गर्न पूर्वाधार निर्माण थालिएको बताउनुभयो । निस्दी गाउँपालिकाको मित्यालमा फुटबल ग्राउण्ड निर्माण भैरहेको जानकारी दिनुभयो ।
पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले क्लवले खेल क्षेत्रको विकासको लागि चालेको पहलको प्रशंसा गर्दै पालिकाले पनि सहयोग गर्दै आएको बताउनुभयो । क्लवले पालिका मै उत्कृष्ट कार्य गर्दै आएको बताउनुभयो ।
समाज सेवी राजु प्रसाद श्रेष्ठले पाल्पा कै नमुनाको रुपमा क्लव अघि बढेको बताउँदै सबैको सहयोस साथको खाँचो रहेको बताउनुभयो । पूर्वखोला खेलकुद विकास समितिका सचिव नवीन अाचार्यको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन क्लवका सचिव कृष्ण पंगेनीले गरिरहनु भएको छ । कार्यक्रममा लोक गायक हुम गैरे, गायिका धन मायाँ दिसुवा, गायक दलु राना सहित साहारा कला केन्द्रको प्रस्तुति रहेको थियो ।
खेल सम्पन्न भए सगै शनिबार प्रथम पुरस्कर दाता समाजसेबि राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । खेलमा प्रथम पुरस्कार रु ७५ हजार मेडल र प्रमाणपत्र श्रेष्ठले प्रायोजन गर्नु भएको हो । दोस्रो पुरस्कृत समूह द्वितीय हुनेले ५० हजार,तृतीय हुनेले २५ हजार र सान्त्वना समूहले १० हजार नगद र कप,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी कालीगण्डकीका हरि पाण्डेले उत्कृष्ट खेलाडी,निस्दीका विजय परियार उत्कृष्ट स्पाइकर र निस्दीकै हिमाल सुनारीले उत्कृष्ट ब्लकरको उपाधि हात पारेको छन ।