नेकपा एमाले, पाल्पाले महाधिवेशन प्रतिनिधि छनौट सम्पन्न

बाेली खवर   २७ कार्तिक २०७८, शनिबार २२:१०

पाल्पा – नेकपा एमाले, पाल्पाले महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । एमालेले पाल्पा क्षेत्र नं. १ बाट ६ जना, क्षेत्र नं. २ बाट ७ जना र उत्पीडित क्षेत्रबाट २ जना गरी १५ जना महाधिवेशन प्रतिनिधि छनौट गरेको हो ।एमालेले आगमी १० औँ महाधिवेशन चितवनमा गर्दैछ । महाधिवेशनका लागि पाल्पाबाट १५ जना प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरिएको नेकपा एमाले पाल्पाका अध्यक्ष नारायण प्रसाद आचार्यले जानकारी दिनुभयो ।

पाल्पा क्षेत्र नं. १ बाट झपेन्द्रबहादुर जिसी, राधाकृष्ण कँडेल, देवीलाल लामिछाने, विमल काफ्ले, कुविजा अर्याल र सरस्वती भट्टराई महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । यस्तै पाल्पा निर्वाचन क्षेत्र २ बाट अशोककुमार शाही, रामबहादुर राउत, मोहन थापामगर, ओमबहादुर घर्ती, नविन थापा, नारायणी शर्माघिमिरे र गीता पाण्डेय चयन हुनुभएको छ ।यस्तै उत्पीडित क्षेत्रबाट ठाकुरप्रसाद लोहागुन र दिवक विश्वकर्मा महाधिवेशनमा प्रतिनिधिका रूपमा चयन हुनुभएको जिल्ला अध्यक्ष आचार्यले बताउनुभयो । महाधिवेशन प्रतिनिधिका लागि आवश्यकताभन्दा धेरै आकांक्षी भएपनि सहमतिमा प्रतिनिधि टुङ्ग्याइएको थियो । अध्यक्ष आचार्यले निर्विरोध प्रतिनिधि चयन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।

यसै गरी केन्द्रीय नेतृत्वमा रहेका ३ जना स्वत: महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ। केन्द्रीय सदस्य दलबहादुर राना, ठाकुर गैरे र केन्द्रीय लेखा आयोगका सदस्य धनेन्द्रराज घिमिरे पाल्पाबाट स्वत: महाधिवेशन प्रतिनिधि चयन भएको हो । यस अघि सम्पन्न भएको ८१ वडा र १० पालिकामा पनि एमालेले सहमतीमा नेतृत्व चयन गरिसकेको छ। केन्द्रीय महाधिवेशनपछि एमाले पाल्पाको जिल्ला अधिवेशन हुने छ।