
पाल्पा, पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी,पाल्पाले रिब्दिकाेट गाउँ पालिकाको हार्थाेक बजारमा विरोध प्रदर्शन कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला ईन्चार्ज अपेक्षाले नेपालमा संसदीय व्यवस्था असफल भएको बताउनु भएको छ ।
संसदीय व्यवस्था असफल भएर अहिले देशमा न्यायलय देखि लिएर सबै ठाउँहरुमा झगडा,झपड,भ्रष्टाचार,अराजकता माैलाएकाे छ,जसलाई हेरि साध्य छैन्,यति मात्रै हाेईन् नेपालमा राजा र विदेशीकाे मध्यस्थतामा संसदीय व्यवस्था नेपाली नेता भनउदाहरुले अात्मसर्पण गरि स्थापना गरेका कारण उनिहरु साम्राज्यवादीहरुकाे एजेन्ट भएर काम गरिरहेका छन्,जसका कारणले नेपाल र नेपालीहरुलाई संसदीय व्यवस्था जनताको व्यवस्था हाे भनेर ढाँटेर शासन गर्दै बेच्ने काम गरिरहेका छन् । जाे व्यवस्थामा यिनिहरु अाँफै अनुसरण समेत गर्न नसकेर भद्रगोल अवस्थामा पुगेका छन् साथै उहाँले याे व्यवस्थाले सिंह दरबार गाउँ गाउँमा ल्याउने भनेर पिटिएको नाराले अहिले गाउँ गाउँ,बजार बजारमा,गल्लि गल्लिमा,कार्यलय कार्यलयमा
भ्रष्टाचार,अराजकता,महङ्गि,हत्या,बलत्कार,हिंसा मार्फत अशान्ति ल्याएको छ,कर वृद्धिले जनताको ढाड भाँचिएको छ समेत बताउनुभयो ।
उहाँले याे संसदीय व्यवस्थामा पुँजीपति र पहुँच हुनेवालाहरुकाे मात्रै हालिमुहालि भएकाे तर दक्ष ईमानदार गरिब जनताको सडक छाप भएको र याे संसदीय व्यवस्था विदेशी शाषककाे एजेन्ट व्यवस्था भएको कारणले गर्दा धर्मभक्त माथेमा देखि कालापानी नालापानि सम्म हजारौं शहिदहरुकाे बलिदान भयो,लाखौं घाइते भए र केटाकेटी वृद्ध वुवा अामाले समेत पानी नखाएर लडे,हाम्रो पुर्खाहरुले कहाँ गएर लडेनन् शाषकहरुका विरुद्ध तर शाषकहरुले सम्झौता गरेका छन् ।,शाषकहरुले विदेशीकाे ईच्छामा महाकाली सम्झौता गरे बेराेजगार अन्त्य हुन्छ,समृद्धि अाउछ भन्थे खाेई समृद्धि अाएकाे ? प्रश्न समेत गर्नु भयो ।,साेहि प्रसंगमा शाषकहरुले यस्तै फेरि भ्रम हालेर राष्ट्रघाति सम्झौता MCC ल्याएकाे बताउनुभयो । याे सम्झौता अमेरिकी शाषककाे याेजनामा गरिबी निवारणकाे अार्थिक प्राेजेक्ट भनिए पनि सारमा याे उत्पिडित राष्ट्र र त्यहाँका जनतालाई खरिदबिक्री गर्ने साम्राज्यवादी रणनीति भएको र याे ईन्ड्राेफेसिक सैन्य रणनीतिक हाे ।
विश्वमा अाफ्नाे साम्राज्यवादी हैकम कायम राख्न अमेरिकाले महाशक्तिका रुपमा उदयमान छिमेकी देश चिनलाई हान्ने याेजनामा नेपाल अाउन याे MCC सम्झौता अगाडि सारेको बताउनुभयो । साथै उहाँले विश्वमा सबैभन्दा बढी मुल्य पर्ने युरेनियम धातु मुस्ताङ लगायतका विभिन्न ठाउँमा भएकाले उक्त धातु कब्जा गरेर उत्खनन गरि लैजाने उदेश्यले पनि अमेरिका MCC प्राेजेक्टकाे बाहानामा अाउन लागेको समेत बताउनुभयो । यदि नेपालमा याे पास भयो भने अमेरिकी सेना अाएर चिन विरुद्ध लडाइँ शुरु गर्ने भुमिकाे रुपमा नेपाललाई प्रयोग गर्दा नेपालमा अशान्ति छाई अमेरिकी युद्ध चाैकि स्थलका रुपमा नेपाल परिणत हुने समेत जिकिर गर्नु भयो । त्यसैले याे नेपाली राष्ट्रघाति सम्झौता हाे,पास हुन दिदैनाैं शाषकहरु पास गरे देशबाटै लखेट्ने समेत चेतावनी दिनु भयो ।
त्यसैले MCC खरिदबिक्री गर्ने साधन भएकोले यसका पछाडि जनताहरु काेहि पनि लाग्न नहुने बरु यसका विरुद्ध विद्रोह गर्नुपर्ने बताउनुभयो । यी यस्ता विगतका सम्झौताहरुले राष्ट्र नै काेल्याप्स हुने स्थितिमा पुग्दै छ तपाईं हामी नेपाल र नेपाली रहने कि नरहने भन्ने स्थिति छ टिष्टा देखि काँगडा सम्मको भुगाेल गुम्याे अहिले फेरि कालापानी,लिपियाधुरा र सुष्ताकाे स्थिति दाेहाेरिएकाे छ । १८१६ देखि शाषकहरु बारबार राष्ट्रघाति सम्झौता गरि नेपाललाई बेचेर सिध्याउने अवस्थामा पुर्याए त्यसैले अब यस्ता सम्झौताहरु पास गर्न दिनु हुन्न्,विद्रोह गर्नुपर्छ । जनताको हितमा,राष्ट्रकाे हितमा नहुने सम्झौता MCC विरुद्ध जनताहरुले विद्रोह गर्नुपर्छ पटकपटक जाेड दिनु भयो ।
त्यसैले अबको विकल्प भनेको नेपालका राजनीतिक, आर्थिक,सांस्कृतिक,सामाजिक लगायत सबैखाले समस्याको एकमात्र समाधान व्यवस्था बदलेर मात्र हल हुने त्यस्ताे अवस्थाकाे शाषकिय स्वरुप र अवधारणा सहित अाफ्नाे नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको वैज्ञानिक समाजवादी भएको व्यवस्था भएको जिकिर गर्नु भयो । याे व्यवस्था राष्ट्रियताकाे रक्षा गर्ने,गरिब स्तर वृद्धि गर्ने,वृद्ध अशक्त राेगिहरुकाे उपचार एवम् संरक्षण गर्ने,निशुल्क शिक्षा पढ्न पाउने,राेजगारि बाताबरण निर्माण गरि उत्पादनमा दक्ष जनशक्ति अनिवार्य परिचालन गरि प्रतिव्यक्ति अाम्दानिका नागरिकहरुलाई अवसर प्रदान गर्ने समेत बताउनुभयो ।
यसका लागि आफ्नो पार्टीले संसदीय सरकारको सट्टा प्रगतिशील संयुक्त सरकार गठन गरेर त्यही सरकारको नेतृत्वमा जनतालाई व्यवस्था चुन्ने अधिकार दिन जनमतसंग्रह गर्नुपर्ने कार्यनीति लिएको बताउनुभयो । त्यसैले संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी राज्यव्यवस्था भनेर जनतालाई छान्न दिनुपर्छ,त्यो भनेको नेपालमा एकपटक जनमतसंग्रहको निर्वाचन गर्नुपर्ने बताउनुभयो ।