नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ प्रदेश (क) को सभापतिमा राम बहादुर राना चयन

बोली खबर   ३ मंसिर २०७८, शुक्रबार २१:२१

नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ प्रदेश (क) को सभापतिमा राम बहादुर राना चयन हुनु भएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज भएको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन मार्फत रानाको नेतृत्वमा १० सदस्य प्रदेश समिति सर्वसहमतिमा गठन भएको हो । रामपुर नगरपालिका ६ विजयपुरमा स्थित दरैठाँटी माध्यमिक विद्यालयका सभाहलमा भएको अधिवेशनले उपसभापतिमा गोविन्द प्रसाद अर्याल (गोपाल) र भिम बहादुर सिंह ठकुरी (कृष्ण सिं), सचिवमा दान बहादुर हिस्की, भेषराज पोखरेल, सहसचिवमा घनश्याम ढुङ्गाना र पिताम्बर राना, खुल्ला सदस्यहरुमा अम्बर गाहा र दोवराज तिवारी, महिला सदस्यमा भगवती देवी खनाललाई निर्विरोध चयन गरेको हो ।

त्यस्तै अधिवेशन मार्फत प्रदेश प्रतिनिधी समेत चयन भएको छ । खुल्लामा उमनाथ अर्याल, किशोर पंगेनी, भोजराज भट्टराई, रुद्र प्रसाद अधिकारी, विजय शर्मा अर्याल, शंकर बहादुर खाँण र श्यामकान्त खनाल, महिला तर्फ कृष्णा शाही ठकुरी, शशी कुमारी जिसी र शारदा आचार्य, खस आर्यमा अरुण कुमार काफ्ले, जनजाति खुल्लामा गगन सिं सोती र छम बहादुर दरैं, जनजाति महिलामा जमुना राना र बालकुमारी थापा, दलित तर्फ कृष्ण बहादुर दर्जी, अल्प संख्यकमा समसुलहक मियाँ चयन हुनु भएको छ ।