निर्वाचन सम्म गठवन्धन रहन्छ नेता चौधरी

बोली खबर   ४ मंसिर २०७८, शनिबार १९:१४


रमा भण्डारी रामपुर पाल्पा
नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीे आगामी निर्वाचनसम्म गठवन्धन रहने दावी गरेका छन ।


शनिवार पाल्पाको तानसेन नगरपालिका आयोजना गरिएको तानसेन नगर भेलालाई सम्बोधन गर्दै नेता चौधरीले संविधानको रक्षा गर्दै सरकारको नेतृत्व गरेका पाटीहरुविच आगामी निर्वाचनसम्म गठवन्धन कायम रहने वताए ।


एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका नेता चौधरीले केपी शर्मा ओली र एमालेमा राजनीतिक विचलन आएको र व्यक्तिवादी प्रवृत्ति हावी भएकाले आफूहरुले विद्रोह गरी कम्युनिष्ट आन्दोलनलाई बचाउन नयाँ पार्टी बनाएको जिकिर गरे ।
उनले एकीकृत समाजवादी पाटी मुलुकमै ठुलो पाटी वन्ने र सवै कम्युनिस्ट पाटीको नेतृत्व गर्ने समेत दावी गरे । वर्तमान सरकारलाई परमादेशको सरकार भन्नुको कुनै अर्थ नरहेको भन्दै उनले निर्वतमान प्रधानमन्त्री केपी ओली जसरी सांसदको हस्ताक्षरबाट प्रधानमन्त्री नियुक्त भए, अहिलेका प्रधानमन्त्री पनि सोहीअनुसार निर्वाचित भएको बताए ।