रामपुरमा घरमा बासबसेका मानिस मृत अवस्थामा फेला !

बोली खबर   ५ मंसिर २०७८, आईतवार १०:५०


पाल्पा- पाल्पा जिल्लाको रामपुरमा दुईदिन यता घरमा बास बसेका मानिस शनिवार विहान मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रामपुर ४ बडेमान बस्ने फलबहादुर सेनको घरमा विगत दुईदिनदेखि बसेका उनी शनिवार विहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ

।मृत अवस्थामा फेला पर्नेमा नवलपरासी रामग्राम १८ पण्डितपुर बस्ने ५७ वर्षको शंकर हरिजन रहेको प्रहरीले जनाएको छ । उनी दुई गतेदेखि सो घरमा बासबसेका र शनिवार घर फर्किने भनेकामा शनिवार विहान मृत अवस्थामा फेला परेका थिए ।घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।