
धनबहादुर ठाडा
गौरीशंकर माध्यमिक विद्यालय निस्दी ४ मित्याल पाल्पाको ६१ वार्षिकोत्सब सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपिन्द्र सुनारीको अध्यक्षतामा भएको वार्षिकोत्सबको निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले उद्घाटन गर्नुभएको हो। शिक्षक दन बहादुर सोमैको स्वागतबाट शुरु भएको समारोहमा प्रधानाध्यापक केश बहादुर सुनारीले प्रतिवेदन पेश गर्नुभएको छ।
सुनारीले आर्थिकवर्ष २०७७/०७८ को कुल १ करोड ३० लाख ८० हजार ८ सय ५१ रुपैयाँको आम्दानी खर्च विवरण सार्वजनिक गर्नुभएको हो। समारोहमा अध्यक्ष सारु , उपाध्यक्ष रिता कुमारी अर्याल , प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल , मित्यालका कार्यवाहक वडा अध्यक्ष मन प्रसाद सोती , शिक्षा शाखा संयोजक नर बहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नुहुँदै विद्यालयको सफलताको कामना गर्नुभएको छ। समरोहमा गत शैक्षिकसत्रमा पुरस्कृत विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ ।
साथै विभिन्न अक्षयकोषको छात्रवृत्ति समेत वितरण गरेको छ। त्यसैगरी उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सहयोग गर्नुहुने विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ। कक्षा १२ सम्म संचालित यस विद्यालयमा हाल ३ सय ९५ जना विद्यार्थी अध्यनरत छन । विद्यार्थीहरुको सांस्कृतिक कार्यक्रमले वार्षिकोत्सको सोभा बढाएको थियो । कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक किरणबाबु सुवेदीले गर्नुभएको थियो ।