
पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका – ८ पेलाचौरमा आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ ।
रिब्दिकोट गाउँपालिका – ८ पेलाचौरका ६२ बर्षकी मेनु सारुलाई मादक पदार्थ सेवन गरेका ४३ बर्षका आफ्नै जेठा छोरा कृष्ण बहादुर सारुले सालको लठ्ठी प्रयोग गरि कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो ।