एमालेले केन्द्रिय कमिटी थप्ने निर्णय गर्यो

बोली खबर   ११ मंसिर २०७८, शनिबार ०६:२१

नेकपा एमालेको नवौं केन्द्रीय कमिटीको बैठक महाधिवेशन स्थल चितवनको सौराहामा भएको छ । शुक्रबार राति ८ बजे बसेको बैठकले केन्द्रिय कमिटी २२५ बाट बढाएर ३०१ बनाउने निर्णय गरेको छ । केन्द्रिय कमिटी सचिब योगेस भट्टराइ ले फेस बुक वाल मार्फत जानकारि दिनु भएको छ । जसमा पोलिटव्युरो सदस्य ९९ जना , बरिस्ठ उपाध्यक्ष सहित सात जना र अनुशासन लेखा निर्वाचन आयोग गरेर २५ जना उपमहासचिब ३ जना हुने भएको छ ।भने अन्य पद यथावत हुने भएको छ ।

सेभेन स्टार होटलमा भएको बैठकमा विधान संशोधनको प्रस्ताव आएको र यसमा छलफल पश्चात निर्णय गरिएको हो । चौतर्फी घेराबन्दी रहेको र विभाजनसहितको विषयको कारण सर्वसम्मत नेतृत्व चयनका लागि पदाधिकारीको संख्या बढाएर भए पनि सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने नेताहरूले बताउँदैआएका थिए सोहि अनुरुप सङ्ख्या थपिएको हो ।