
पाल्पा, नेपाली काङ्ग्रेसको १४ औं महाअधिवेशन अन्तर्गत जिल्ला समिति,पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ निर्वाचित भएका छन्। सभापति पदको लागी श्रेष्ठसँग कृष्णप्रसाद बस्यालको प्रतिस्पर्धा रहेको थियो। श्रेष्ठले ८९० मत पाउँदा बस्यालले भने ३८१ मत प्राप्त गरेका थिए।
योसँगै उपसभापतिमा झपेन्द्र प्रसाद गहिरे-७५४, ज्ञान बहादुर गाहा-७७३, सचिव पदमा सन्तोष कुमार थापा-८०७, सुनिता अधिकारी-७८५, सहसचिवमा विष्णुप्रसाद थापा-७४३, हुमिद मियाँ-६४१ प्राप्त गरि विजय भएका छन।
निर्वाचित पदाधिकारीहरुलाई नेपाली कांग्रेस पाल्पाका सभापति वीर बहादुर रानाले शुभकामना दिदै लोकतन्त्रिक पद्धतिलाई स्वीकार गरेर अघि बढ्न अनुरोध गरेका छन्। सभापति रानाले सबै तहका कार्यकर्ताहरुलाई समेटेर संगठनलाई मजबुत बनाउन तर्फ अग्रसर हुन आग्रह गरेका छन्।