महाधिवेशनका लागि एमालेले गठन गर्यो अध्यक्ष मण्डल र माइन्युट कमिटी (सूचीसहित)

बाेली खबर   ११ मंसिर २०७८, शनिबार २०:०९

चितवन, नेकपा एमालेले दशौंं राष्ट्रिय महाधिवेशन सन्चालन गर्न अध्यक्ष केपी शर्मा ओलीसहितको ११ सदस्यीय अध्यक्ष मण्डल घोषणा भएको छ ।

बन्द सत्रमा साँझ बसेको बैठकले अध्यक्ष केपि शर्मा ओलि उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल र महासचिव ईश्वर पोखरेल सुवास नेम्वाङ, रामवहादुर थापा बादल, टोपवहादुर रायमाझी, छबिलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकाटा रहने बन्द सत्रले पारित गरेको छ बैठकले सचिव पृथ्वीसुब्बा गुरुङसहितको माइन्युट कमिटी समेत पास गरेको छ ।

कमिटीमा नेताहरु सुर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहने गरि पारित भएको छ ।हिजो बसेको केन्द्रिय कमिटीको बैठकले निर्णय गरेको बिधान सम्सोधनलाइ हलले पास गरेको छ