माओवादी केन्द्र रामपुर पाल्पाको नगर सम्मेलन सम्पन्न

बाेली खबर   ११ मंसिर २०७८, शनिबार २०:१९

रामपुर, नेकपा माओवादी केन्द्र रामपुर पाल्पाको नगर सम्मेलन सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अन्तर्गतको नगर सम्मलेन सम्पन्न भएको हो । नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटिको पुनगठन गर्दै सम्मेलन सकिएको छ ।

सम्मेलनले पुनः यम बहादुर सुनार अध्यक्ष रहेको ६५ सदस्यीय नगर कमिटि पुनःगठन गरेको हो । जसको उपाध्यक्षमा पदम बहादुर अधिकारी , लक्ष्मी ढकाल र विर बहादुर कुमाल , सचिवमा पिताम्बर भट्टराई , सहसचिवमा जयलाल विक , कोषाध्यक्षमा श्याम प्रसाद भट्टराई र अन्य सदस्यमा रहनु भएको छ ।

नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटिका अध्यक्ष यम बहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रम नेकपा माओवादी केन्द्र निर्वाचन क्षेत्र नं. १ पाल्पाका अध्यक्ष कमलराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । शहिद बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा नगर सम्मेलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले पार्टिको संगठन सुदृढिकरणका लागी लाग्न आग्रह गर्दै नवगठित कार्य समितिलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।