रामपुरमा नेकपा एकिकृत समाजबादीको नगर कमिटि गठन

बाेली खबर   ११ मंसिर २०७८, शनिबार २०:२७

रामपुर, रामपुरमा नेकपा एकिकृत समाजबादीको नगर कमिटि गठन भएको छ । रामपुर ५ मटेरीमा रहेको रेशम सभाहलमा बसेको नेता कार्यकर्ताहरुको शनिबार बसेको भेलाले फणेश्वर गौतमको अध्यक्षतामा नेकपा एकिकृत समाजवादी नगर कमिटि गठन गरेको हो ।

कमिटिको उपाध्यक्षमा राम प्रसाद भण्डारी, सचिवमा विष्णु प्रसाद लम्साल , उपसचिवमा ऋषिराम खनाल र अन्य सदस्यमा रहनु भएको छ । भेलालाई सम्बोधन गर्दै पाल्पा क्षेत्र नं. २ का साँसद तथा पूर्व उद्योग मन्त्रि सोम प्रसाद पाण्डेले पार्टिको विधान पद्धति र सिद्धान्त विर्सिएर अगाडी बढेकाले कम्युनिष्ट आन्दोलन र इतिहास बचाउनुका लागी आफुहरु ओलीको प्रविृतिको विरुद्धको विद्रोहमा लागेको बताउनुभयो । उहाँले ओली एकलौटि ढंगले अघि बढे पछि त्यसका विरुद्धमा आफुहरु उत्रिएर नयाँ पाटि गठन गरेको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका कानुन न्याय महिला तथा जेष्ठ नागरीक मन्त्रि रमा घर्तिले ओलीको दम्भले कम्युनिष्ट आन्दोलन नै धरापमा पर्ने अवस्था आए पछि आफुहरु अलग्गिएको भन्दैै ओली प्रबृत्ति हावि हुन नदिन विद्रोह नै गर्नु परेको बताउनुभयो । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रिय कमिटि सदस्य राजेन्द्र लक्ष्मी गहिरे , सल्लाहकार लेखनाथ पोखरेल, पद्यम अर्याल ,जिल्ला कमिटि अध्यक्ष कमल पाण्डे,जिल्ला कमिटि सदस्य इश्वरी श्रेष्ठले बोल्दै संगठन विस्तारका लागी सवै कार्यकर्ताहरुलाई एक भएर लाग्न आग्रह गर्दैै नव गठित नगर कमिटिका पदाधिकारीहरुलाइ बधाई सहित सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।