रामपुर साकोसको साधारण सभा मंसिर १७ गते हुने

बाेली खबर   १४ मंसिर २०७८, मंगलवार १७:०८

रामपुर, रामपुर बचत तथा ऋण सहकारी संस्था लि। रामपुर पाल्पाको १४ औं बार्षिक साधारण सभा हुने भएको छ ।
साधारण सभा तयारीका लागि संचालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार तथा विभिन्न उपसमितिहरु बैठक सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठको अध्यक्षता बसेको बैठकले १४ औं बार्षिक साधारण सभा तयारीका लागि विभिन्न उपसमितिहरुलाई भब्य सभ्य रुपमा सम्पन्न गर्न आ–आफनो तर्फबाट सक्रिया भूमिका निर्वाह गर्न तथा सम्पूर्ण शेयर सदस्य, बाल बचतकर्तालाई सहभागि हुन आग्रह गर्नुभएकोछ ।

संस्थाका उपाध्यक्ष तथा भवन निर्माण उपसमितिका संयोजक समेत रहुभएका नगिलाल पौडेलले संस्थाको ब्यवसायिक भवन निर्माणको काम अन्तिम चरण पुगेको बताउनु भयो । केही बर्षमै हामीले आफनौ भवनबाट संस्थाका शेयर सदस्यहरुलाई छिटो र छरिटो सेवा प्रदान गर्ने बताउनु भयो ।

संस्थामा हाल ४५३० जना शेयर सदस्य तथा १२९३ जना बाल बचतकर्ता ५ करोड बढीको शेयर पुँजी तथा ५३ करोड ७३ लाख बढीको वासलात सहितको आर्थिक कारोबार भइरहेको संस्थाका सचिव लेखनाथ शर्माले जानकारी गराउनु भयो । संस्थाको १४ औं बार्षिक साधारण सभा आउदो मंसिर १७ गते शुक्रबार होटल न्यूश्रीनगरमा हुनेछ ।