रामपुरको बेझाड चोकमा दिप प्रज्वलन

बाेली खबर   १५ मंसिर २०७८, बुधबार १८:२३

रामपुर, नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन सफलता पुर्बक सम्पन्न भएको अवसरमा अनेरास्ववियु सहिद बहुमुखी क्याम्पस रामपुरको आयोजना, नेकपा एमाले रामपुर नगर कमिटीको सहयोगमा रामपुरको बेझाड चोकमा सम्पन्न दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा एमालेको मंसिर १० गते देखि १४ गते सम्म महाधिवेशन गरेर हिजा सम्पन्न भएको छ मतगणना भए संगै पाल्पाको रामुरमा दिप प्रजोलन गरेको अखिल नेपाल विध्यार्थी संगठन जिल्ला सचिब मदन आचार्यले बताएका छन् । दिप प्रजोलन कार्यक्रममा महाधिवेशनबाट निर्वाचन हुने सम्पुर्ण पधाधिकारी , केन्द्रीय अनुसन्धान आयोग , केन्द्रिय लेखामा निर्वाचित हुने सबैलाई बधाई तथा शुभकाना व्यत्त गरेको थियो ।

कार्यक्रमा नेकपा एमाले पाल्पा जिल्ला कमिटी सदस्य तथा रामपुर इन्चार्च राजु प्रसाद श्रेष्ठले बिजयी हुने सबैलार्इ बधाइ तथा शुभकामना दिदै अधिवेशन नभइ अाेलीबेशन भनेर भ्रम फैलाएकाेमा दुःख ब्यत्त गरेका छन् । त्यस्तै रामपुर युवा संघका अध्यक्ष बिष्णु अाचार्यले देश एमालेमय भएकाे छ । एमाले नै याे देशकाे बिकास गर्ने बताएका छन् ।

पाल्पा जिल्लाबाट महाधिवेशनमा केन्द्रिय सदस्यमा बिजय हुने ठाकुर गैरे, दल बहादुर राना, सृजना काफ्ले केन्द्रिय लेखा आयोगमा धनेन्द्र राज घिमिरे, केन्द्रिय अनुसन्धान आयोगमा झपेन्द्र जि सि बिजयी भएका छन् ।  कार्यक्रमा मदन आचार्य ,मधुसुदन आचार्य मन्तव्य लगाएत विद्यार्थी नेताहरुले शुभकाना मन्तव्य राखेका थिए ।