विश्व अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरि मनाईयाे

बाेली खवर   १७ मंसिर २०७८, शुक्रबार २०:५७

आज विश्व अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ । पाल्पा जिल्ला रामपुर नगरपालिकाले पनि एक कार्यक्रमका विच अपाङ्गता दिवस मनाएको छ ।


३०औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अबश्वरमा विभिन्न कार्यक्रम गरेर मनाईएको छ ।हाम्रो प्राथमिकताको आधार,अपाङ्गता भएका व्यक्तिको अधिकार भन्ने नाराको साथ कार्ययोजना तर्जुमा तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।
रामपुर नगरपालिका उपप्रमुख विष्णुदेवि घिमिरे आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नगरभित्रका १ नम्बर वडा देखि १० नम्बर वडा सम्मका अपाङ्गता भएका नागरिक हरुको सहभागिता भएको हो ।


कार्यक्रममा महिलाविकास साहायक निरिक्षक सृजना रेग्मिले कार्यकमको उदेश्य बारे प्रष्ट पार्दै लैगिक हिसा विरुद्वको १६ दिने अभियानमम कार्यक्रम भएकाले सेतो रिवनको बारेमा जानकारी दिनु भएको थियो ।


कार्यक्रममा निमित्त प्रमुख प्रसासकिय अधिकृत रामहरि पाण्डे ले रामपुर नगरपालिका भित्र अहिले सम्म भएकम कामको बारेमा जानकारी गराउदै सम्विधानमा भएका कुरा शिक्षाको हक,समानताको हक, सामानिक न्यायको हक,,साजिक सुरक्षाको हक,लगायतका विषयमा छलफल तथा जानकारी गराउनु भयो ।वहाले अपाङ्गताको वर्गिकरणका बारेमा रातोकार्ड, निलोकमर्ड ,पहेलो कार्ड र सेतो कार्डका बारेमा जानकारी गराउनु भएको छ । कार्यक्रममा अपाङ्गता भएका नागरीक वडा अध्यक्ष ,कार्यपालिका सदस्य तथा पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रम का सन्चालन रामपुर नगरपालिकम महिला विकास शाखा प्रमुख पुजा परियारले गर्नु भएको हो ।