
निस्दी, घर देखि सुरु गरौ महिला हिंसा अन्त्य गरौ भन्ने मुल नारा सहित अहिले देश भर चलिरहेको महिला हिंसा विरुद्धको १६ दिने अभियानका दिन शनिवार निस्दी गाउँपालिका वडा न ४ ले पनि यो कार्यक्रम गरेको छ । लौगिक हिंसा अन्त्यका लागि थालिएको यो अभियान अहिले गाउँ गाउँमा वडा वडामा आफ्ना किसिमले चलिरहेको यसै क्रममा पाल्पाको निस्दिले पनि सवै वडाहरुमा गर्ने कार्ययोजना वमोजिम आज वडा न १ र ४ मा लैंगिक हिंसा विरुद्धको कार्यक्रम गरेको हो ।
निस्दीको रुक्से भन्ज्याङ्गमा भएको कार्यक्रममा नेकपा एमालेका निस्दी गाउँकमिटिका अध्यक्ष नरेश सुनारी रहनु भएको हो । प्रमुख अतिथि सुनारीले बोल्दै हिंसाको न्युनिकरण गर्न सुरुवाद आफै बाट गर्नु पर्ने भन्दै आफू कहिले हिंसा नगर्ने र नसहने हिंसा भएको देखेमा त्यसको प्रतिकार गर्ने वताउनु भएको छ ।
वडा न ४ का कार्यवहाक वडाध्यक्ष मन प्रसाद सोतिको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य हेमकुमारी सिंजालिले महिलाहरु माथि वढ्दो दुर्ब्यवहर न्युनिकरण गर्न परम्परा र सस्कृतिको दाम्लो फुकाउन पर्ने वताउनु भयो। त्यसै गरि कार्यक्रमा स्वावलम्वन महिला सहकारीका अध्यक्ष र्तिसना खन्गाहा लगाएतले भनाई राख्नु भएको थियो कार्यक्रममा सहजिकरण सन्चारकर्मी एव सहयात्री नेपालका सचिव बन्दना पोखरेलले गर्नु भएको हो ।