रामपुरमा ‘रामपुर अटो भिलेज’ काे शुभारम्भ

बाेली खबर   २१ मंसिर २०७८, मंगलवार १८:०८

पाल्पा रामपुरमा महिन्द्राको अधिकृत बिक्रेता बालाजु अटो वर्कसप प्रालिको सव–डिलर तथा लोक शुसिला अटो कन्शर्नको डिलर ‘रामपुर अटो भिलेज’ काे उट्घाटन भएको छ । ब्यापारी  गणेश रेग्मी र कुलमणि रेग्मीले महेन्द्रासँगको सम्झौतामा केही समयअघि देखि महिन्द्रा डिलरबाट सेवा दिदै आएपनि कोभिडको जोखिमका कारण औपचारिक सेवा शुरुवात हुन सकेको थिएन ।

प्रमुख अतिथि रहनु भएकी लुम्बिनी प्रदेशका श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पूर्मति ढेंगा मगरले पहाडी जिल्लाहरुमा सहज सेवालाई मध्यनजर गर्दै पाल्पाबाट डिजिटल सवारी लाईसेन्स वितरणको व्यबस्था मिलाउन लागेको बताउनु भएकाे छ ।

पाल्पाको रामपुरमा महिन्द्राको डिलर रामपुर अटो भिलेजको उद्घाटन गर्दै मन्त्री ढेगाले भन्नुभयो–बुटवलको चाप र सरल सहज सेवाका लागि पाल्पाबाटै सेवा दिने गरि ट्रायल सेन्टरलाई जग्गा अनुगमन समेत गरि अगाडी बढेका छौं । मन्त्रालयमा पाल्पाली सचिव भएकाले पनि यो कामलाई दु्रत गतिमा गर्न लागेको मन्त्री ढेंगाको भनाई छ ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुर व्यापारिक केन्द्र बनेको बताउदै डिलर सञ्चालनले थप व्यापारिक र व्यवसायिकतालाई जोड दिने बताउनुभयो ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले महिन्द्राको डिलर शुभारम्भले व्यवसायिक फड्को मारेको बताउनुभयो । महिन्द्राको अधिकृत बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसप प्रा.लि.का प्रदेश म्यानेजर व्रिजेश गयामधुले अटो भिलेजबाट दिइने सेवा बारे जानकारी दिदै ओर्जिनल स्पेयर पार्टस, सर्भिसिङ्ग र लुब्रिकेट्स सेवा प्रदान गरिने बताउनुभयो । लोक शुसिला अटो कन्सर्नका म्यानेजर राजेश सुवेदी, नमस्ते रामपुर यातायात प्रालिका अध्यक्ष राजन पोखरेल र सामुदायिक रेडियो रामपुरका स्टेशन म्यानेजर छवि खनालले रामपुरमा महिन्द्रा डिलरको सेवाले यस क्षेत्रमा विकासको आयाम थपिएको बताउनुभयो ।

रामपुर अटो भिलेजका सञ्चालक कुलमणी रेग्मीको अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।