ट्याक्टरको ट्रलीले थिचेर बेझाँडमा एक युवकको मृत्यु

बोली खबर   २१ मंसिर २०७८, मंगलवार २१:२४

पाल्पा, जिल्लाकाे रामपुर नगरपालिका–५, बेझाँडमा ट्याक्टरको हाईड्रोलिक बनाउने क्रममा ट्रलीले च्यापिँदा एक युवकको मृत्यु भएको छ । रामपुरकाे बेझाँड स्थित एक ग्यारेजमा लु ३ त ८०५४ नम्बरको ट्याक्टरको हाईड्रोलिक बनाउने क्रममा थिचेर ग्यारेजमा कार्यरत सर्लाहीको ईश्वरपुर नगरपालिका १५ का अन्दाजी १९ वर्षिय मुन्ना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ हेल्पर चौधरीलाई हाईड्रोलिक बनाउने क्रममा थिचेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले जानकारी दिनुभयो । हाईड्रोलिक बनाउने क्रममा ट्रलीलाई उचालेको जगको लग नलागेर खसे पछि उनको टाउकोमा चोट लागेको थियो । घाईते चौधरीको उपचारको लागि रामपुर अस्पताल लगिएको थियो । अस्पताल पुर्याएपनिअस्पतालका डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएकाे छ ।

टाउकोमा चोट लागेपछि उनको अत्याधिक रक्तश्राव भएका कारण मृत्यु भएकाे हाे । घटनाको बारेमा थप अनुसन्धान भइरहेकाे रामपुर प्रहरीले जनाएको छ ।