निस्दीकाे ज्यामिरेमा टिप्पर चालकको निधन

बाेली खबर   २२ मंसिर २०७८, बुधबार १२:३१

निस्दी, निस्दी गाउँपालिका–७, मा टिप्परले च्यापिएर एक चालकको निधन भएको छ । मंगलबार  निस्दी ७ पार्सीङ चोक पार्किङ्ग गरेर राखिएको ग २ ख ३६१ नम्बरको टिप्पर र भुटुके तर्फ जाँदै गरेको प्रदेश २–०–३००१ ख ४६६९ नम्बरको टिप्परको विचमा च्यापिएर सोही टिप्परका चालक नवलपरासीको सुनवल नगरपालिका ३ का अन्दाजी ४०/४५ वर्षिय चालक तुफानि कुँवर योगीको मृत्यु भएको हो ।

टिप्पर पार्किङ्ग गर्ने क्रममा स्टार्ट बन्द नगरी गाडी बाट झरेर पछाडी हेर्न गएकोमा एक्कासी आफ्नै टिप्पर व्याक भएर टाउको च्यापिन गई निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाको विषयमा अनुशन्धान जारी रहेको प्रहरीले जनाएको छ ।