निस्दी सव डिभजन वन कार्यालयाकाे ८ काेठे कार्यालय भवन सिलन्यास

बोली खबर   २६ मंसिर २०७८, आईतवार ०७:०१

निस्दी,  निस्दी सव डिभजन वन कार्यालयाकाे ८ काेठे कार्यालय भवन निस्दी ४ झय्लटुगमा सिलन्यास गरिएकाे छ । डिभिजनल वन अधिकृत दिपक ज्ञावलीबाट भवनकाे सिलन्यास गरिएकाे छ ।

स्थानिय जन प्रतिनिधिकाे ,वन अधिकृत हरु ताथा स्थानिय हरुकाे उपस्थितिमा भवनकाे सिलन्यास गरिएकाे हाे।
डिभिजन वन कार्यालय पाल्पा ले ८ वटा सव डिभिजन मध्य बाट जिल्लाकै सबैभन्दा दुर्गम स्थानमा रहेकाे सव डिभिजन वन कार्यालय लाई वढि प्रथमिता दिएर याे भवन निर्माण गरिएकाे डिभिजनल वन अधिकृत दिपक ज्ञवलिले जानकारि दिनु भयाे । भवन संगै करिव ५० हजार बिरुवा अटाउने नर्सरीकाे समेत निर्माण कार्य सुरुवात गरिएकाे छ।

बैदिक धर्म अनुसार सुरु गरिएको सिलन्यासमा निस्दि सव डिभिजन वन कार्यालयका प्रमुख नन्द अधिकारीले खुशी व्यक्त गर्दै फिल्डमा आएर जनता हरु संग समन्वय गर्ने आफुभन्दा तल्लाे तहका कर्मचारी लाई परेकाे समस्या लाई सहजै समधानको लागि प्रयत्न गर्नु भएकोमा धन्यवाद दिनु भएको छ । सबै काम जन हित मा हुनुपर्छ भनेर लाग्ने डिभिजन वन अधिकृत पाएकाेमा आफू खुसि भएकाे र बिरुवा उत्पादन गरि बृक्षाराेपणमा ध्यान दिने ,समयमै भवन काे काम सम्पन्न गर्न लागि पर्ने निस्दि सव डिभिजन वन कार्यालय प्रमुख अधिकारीले बताउनु भयाे।