
पाल्पा, नेकपा एमालेले लुम्विनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेललाई प्रस्ताव गरेको छ । नेकपा एमाले पाल्पा जिल्लाका पूर्व सचिव तथा संविधानसभा सदस्य कँडेललाई एमालेले प्रदेश कमिटीको अध्यक्षमा प्रस्ताव गरेको हो ।
एमाले केन्द्रीय कमिटीको आइतबार बसेको बैठकले कँडेललाई प्रदेश अध्यक्ष बनाउने प्रस्ताव गरेको जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यले बताउनुभयो । यस्तै केन्द्रीय सदस्यमा निर्वाचित केन्द्रीय सदस्यहरू दलबहादुर राना र ठाकुर गहिरे एमालेको पोलिटव्यूरो सदस्यमा चयन हुुनुभएको छ ।
राना यसअघि पनि एमालेको पोलिटव्यूरो सदस्य र लुम्विनी प्रदेश सहइन्चार्ज रहनुभएको थियो । गैरे भने पहिलो पटक एमालेको पोलिटव्यूरो सदस्य बन्नुभएको एमाले स्रोतले जनाएको छ ।