निस्दीमा फोटो सहितको मतदाता संकलन हुने

बोली खबर   २७ मंसिर २०७८, सोमबार १८:३०

पाल्पा – निस्दी गाउँपालिका , पाल्पामा फोटो सहितको मतदाता नामावली संकलन मंसिर २८ गते देखि हुने भएको छ । पहिलो दिन २८ गते वडा नम्बर – १ , बाकामलाङमा हुने छ ।      त्यसैगरी २९ गते सहलकोटमा , पौष १ गते झिरुबासमा , २ गते मित्यालमा , ३ गते गल्धामा , ४ गते अर्चलेमा र ५ गते ज्यामिरेमा संकलन गर्ने निर्वाचन आयोगको कार्यालय पाल्पाले जनाएको छ । मतदाता नामावली संकलन निस्दी गाउँपालिकाको कार्यालय मित्यालमा हुने गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले बताउनुभएको छ । त्यसैगरी छुटेकाको लागि ज्यामिरे ,बाकामलाङ , सहलकोट र झिरुबासका लागि पौष ६ गते गरिने पालिकाले जनाएको छ ।मित्याल र गल्धालाई ७ गते र अर्चले र ज्यामिरेका पौष ८ गते संकलन गरिने भएको छ। नामावली संकलनका लागि नागरिकको प्रमाणपत्र , बिबाह दर्ता र बसाइँसराइको सक्कल प्रमाणपत्र सहित उपस्थित हुनुपर्ने जनाएको छ ।