
होम राई मगर निस्दी,पाल्पा
सरस्वती माध्यमिक विद्यालय निस्दी-५,गल्धाको ६७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष पिलेन्द्र ठाडाको अध्यक्षतामा भएको कार्यक्रमको मुख्य पाहुना वडा नम्बर-५,गल्धाका वडाध्यक्ष भिम बहादुर वयम्वु रहनुभएको हो ।
कार्यक्रममा बोल्नु हुँदै मुख्य पाहुना बयम्बुले विद्यालयले भौतिक लगायत शैक्षिक गुणस्तरमा सुधार गरेको भन्दै विद्यालयको प्रशंसा गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि निस्दी गाउँ शिक्षा समिति सदस्य दुर्गा बहादुर सोमैले विद्यार्थीहएउलाई व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको बताउदै प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रधानाध्यापक सुशील ढकालले ९४ लाख ४३ हजार ६५८ रुपैयाँ बराबरको आम्दानी खर्च प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा शैक्षिकसत्र २०७७ को शैक्षिक नतिजाको पुरस्कार वितरण तथा विभिन्न खेलकुद एवम् अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण समेत गरिएको थियो ।
विद्यालयका शिक्षक हरि प्रसाद गौतमको स्वागत बाट शुरुभएको कार्यक्रममा अभिभावकहरु बिच मैत्रीपूर्ण कुर्ची दौड प्रतियोगिता समेत सन्चालन गरिएको थियो ।