गण्डकीबेशी क्षेत्रकै पहिलो माध्यमिक विद्यालय रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पाले ५४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
जिल्ला कै सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत सामुदायिक विद्यालयले स्थापनाको ५४ औं वार्षिक उत्सव मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षतामा भएको वार्षिक उत्सव समारोहमा पुर्बि पाल्पाका हेडसर विद्यालयका संस्थापक प्रधानाध्यापक सुरेन्द्र शर्माको प्रमुख रहनु भएको हो । विद्यालयको वार्षिक उत्सव समारोहका उट्घाटन पश्चात संक्षिप्त मन्तव्य मार्फत प्रमुख अतिथी शर्माले विद्यालयलाई वर्तमान अवस्था सम्म ल्याउन प्रयत्नशिल सबैलाई धन्यवाद दिदै आगामी दिनमा अझै प्रगतिको शुभकामना दिनुभयो ।
समाजसेवी राजु प्रसाद श्रेष्ठले स्थापना पश्चात विद्यालयको उत्थानको लागि धेरै व्यक्तित्वहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले विद्यालयको उन्नति प्रगति संगै चुनौति पनि आउने हुनाले त्यसका लागि हातेमालो गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।
समाजसेवी सन्दिप रानाले अग्रजहरुको सपनाले अहिले सार्थक रुप प्राप्त गरेको बताउँदै विद्यार्थीहरुले देखेका सपनालाई पुरा गर्नका लागि अभिभावक महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले शिक्षा ग्रहण संगै विद्यार्थीहरुलाई स्वलम्बी बनाउने तर्फ ध्यान दिने समय आएको बताउनुभयो ।
नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश (क)का सभापति राम बहादुर रानाले विद्यालयको चौतर्फी विकासले रामपुर संगै गण्डकी वेशी क्षेत्रका जनतालाई गौरवान्वित बनाएको उल्लेख गर्नुभयो ।
नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मीले सबैको साथ र सहयोग बाट आजको उपलब्धि सम्भव भएको बताउँदै आ–आफ्नो तर्फ बाट साथ र सहयोग गर्न आग्रह गर्नुभयो ।
एकीकृत नेकपा माओवादी केन्द्र पाल्पा क्षेत्र नं. १ का अध्यक्ष कमलराज भट्टराईले व्यवस्थापन समितिको साथ र प्रधानाध्यापकको निरन्तरको लगावले विद्यालय नमुना विद्यालयको रुपमा स्थापित भएको बताउँदै विद्यालयको जग्गा संरक्षणका लागि व्यवस्थापन समितिले ध्यान दिन आग्रह गर्नुभयो । नेकपा एकीकृत समाजवादी रामपुरका अध्यक्ष फणेश्वर गौतमले विद्यालय बाटै खेलकुदको विकास सम्भव हुने बताउँदै खेल मैदानको निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो ।
रामपुर क्षेत्रको शैक्षिक विकास रातुलसीले खेलेको भुमिकाको चर्चा गर्दै रामतुलसी माविमा स्नातक सम्मको कक्षा सञ्चालन गर्न सके अन्य विद्यालयलाई पनि सहज हुने बताउनुभयो ।
भूपू सैनिक राईजिङ्ग ईङ्गलिश स्कुलका व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन देव बहादुर थापा मश्राङ्गी दरैठाँटी माविका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटा सामुदायिक वन उपभोक्ता महासघ नेपालका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष ऋषिराम भट्टराई, कृतिनाथ श्रेष्ठ, विद्यालयका पूर्व विद्यार्थी धुर्वराज पौडेल, भूपू विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कंडेल, कक्षा ११ का विद्यार्थी रविना ढकाललगायतले आफ्ना भनाइ राख्दै विद्यालयले शैक्षिक, सामाजिक, संस्कृतिक क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलले सबैको सुझावलाई समेटेर काम गर्दै आगामी कार्यक्रम तय गरेर अघि बढ्ने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले ‘सिक्नको लागि रामतुलसी’ भन्ने नाराका साथ योजनाहरु निर्माण गरी अघि बढेको बताउनुभएको छ । उहाँले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको हो ।
आर्थिक प्रतिवेदन लेखा शिक्षक हरिहर रेग्मीले १० करोड ६२ लाख बराबरको लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सहायक प्रधानाध्यापक पूर्ण चन्द्र घिमिरेको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई धन्यवाद विद्यालय व्यवस्थापन समितिका को सञ्चालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नु भएको हो ।
यस्तै रामतुलसी माध्यमिक विद्यालयले वार्षिक उत्सवको अवसरमा उत्कृष्ट शिक्षक तथा विद्यालयमा योगदान दिनुहुने व्यक्तित्वहरुलाई सम्मान सहित पुरस्कृत गरेको छ । ५४ औं वार्षिक उत्सव समारोहको अवसरमा विद्यालयका शिक्षक लेखनाथ शर्मा मरासीनि, अंग्रेजी शिक्षक पूर्णचन्द्र घिमिरे, विज्ञान शिक्षक कल्याण श्रेष्ठ, लेखा शिक्षक हरिहर रेग्मी, विज्ञान शिक्षक अच्युत घिमिरे, प्राथमिक तहका शिक्षक ज्ञानु माया सोमै, कार्यालय सहयोगी कुल बहादुर दरैलाई पुरस्कृत गरेको हो । त्यस्तै विद्यालयले पूर्व व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराई, शिक्षा प्रेमी सन्दिप राना, समाजसेवी राजु प्रसाद श्रेष्ठलाई सम्मान गरेको छ । त्यस्तै अक्षयकोष मार्फत समाजसेवी नागिलाल पौडेल र हरि बहादुर रानालाई सम्मान गरेको हो ।
कार्यक्रमको अवसरमा अक्षयकोष दाताहरुलाई पनि सम्मान गरिएको थियो । वार्षिक उत्सवको अवसरमा दोवराज तिवारीले आफ्ना बुवाहरुको तर्फ बाट हजुर बुवा तारानाथ तिवारी हजुर आमा डिल्ली माया तिवारीको स्मृतिमा १ लाख १ हजार १ सय ११ बराबरको अक्षयकोष स्थापना गर्नु भएको छ । कार्यक्रममा विज्ञान संकायका विद्यार्थीहरुले शैक्षिक प्रदर्शनी गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए ।