अनेरास्ववियुले गर्यो नब आगन्तुक विद्यार्थीलाइ स्वागत

बोली खबर   २ पुष २०७८, शुक्रबार ०६:२१

अनेरास्ववियु शहीद बहुमुखी क्याम्पस कमिटीले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ।

अनेरास्ववियुका सदस्य दुर्गा वि क स्वागत बाट सुरुको स्वागत कार्यक्रममा प्रमुख अतिथि शहीद बहुमुखी क्याम्पस स्वावियु सचिव तथा अनेरास्ववियु पाल्पा जिल्ला कमिटी सचिव मदन आचार्य रहनु भएको हो । प्रमुख अतिथि सचिब आचार्यले बोल्दै विद्यार्थीको हकका निम्ति काम गर्ने संगठन भएकोले सबैलाइ गोलबन्द हुन आग्रह गर्दै आबश्यक पर्दा विद्यार्थीको लागि सधै अग्रसर रहेर काम गर्ने बताउनु भएको छ ।
रमाइलो सास्कृतिक कार्यक्रम सहित गरिएको नब आगन्तुक विद्यार्थीलाइ स्वागत कार्यक्रममा मायाको चिनो स्वरूप डाएरी र पेन प्रदान गरेको छ ।

आफुहरुलाइ स्वागत गरेकोमा प्रथम वर्ष बाट धन्यवाद अस्मिता भट्टराई र मास्टर डिग्री बाट धन्यवाद रमा श्रेष्ठले आयोजक अनेरास्ववियुलाइ धन्यवाद दिनु भएको छ ।
कार्यक्रम अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष मधुसुधन आचार्यको अध्यक्षतामा भएको हो भने कार्यक्रमको सन्चालन क्याम्पस कमिटी सचिब सञ्जय भुजेलले गर्नुभएको हो।