सहलकोटमा एक दिने पशु स्वास्थ शिविर सम्पन्न

प्रेमबहादुर बाकाबल   ६ पुष २०७८, मंगलवार ०६:२४

निस्दी, निस्दी गाउँ पालिका वडा नम्बर २ सहलकोटमा एक दिने पशु स्वास्थ शिविर सम्पन्न भएको छ । निस्दी गाउँ पालिका मित्याल पाल्पाको आयोजना र जलदेवी सामाजिक उद्यमी महिला सहकारी संस्था लि सहलकोटको सहआयोजनामा शिविर सन्चालन भएको हो ।

निस्दी गाउँ पालिका वडा नम्बर २ सहलकोटका वडा अध्यक्ष पुर्ण बहादुर थापा बाकाबल अध्यक्षता रहेकोे शिविरको मुख्य पाहुना पाल्पा जिल्ला समन्वय समिति सदस्य खर्गती राना रहनुभएको हो । मुख्य पाहुना रानाले शिविरबाट वितरण गरिएका औषधिहरु पुर्ण रुपमा प्रयोग गरि अधिकतम फाइदा लिन अनुरोध गर्नुभयो ।

वरिष्ठ पशु विकास अधिकृत, भेटनरी अस्पताल तथा विशेषज्ञ केन्द्रका डाक्टर चन्द्रबहादुर रानाले शिविर बाट निशुल्क प्राप्त गरेका औषधिहरु प्रयोग गरि पशुको स्वास्थ सुधार गर्न सक्नुपर्छ भन्नु भयो। डा. रानाले पशु स्वास्थ र मानव स्वास्थ विच अन्तर सम्बन्ध रहेकोेले मानिस स्वस्थ रहन पशु स्वस्थ रहनुपर्ने भन्दै पशुको स्वास्थ प्रति हेलचेक्र्याइ नगर्न अनुरोध गर्नुभयो । निस्दी गाउँ पालिका पशु शाखा संयोजक ओम मस्राङ्गिका अनुसार शिविरमा १६० घरपरिवारका ४ हजार २१७ पशुपन्क्षीको उपचार गरेको छ। साथै ५८ गोबर परिक्षण ,क्यास्टेशन ६ र ७ वटा चिरफार गरेको छ ।

जलदेवी सामाजिक उद्यमी महिला सहकारी संस्था लि सहलकोटका अध्यक्ष राममाया लामिछानेको स्वागतबाट अगाडि बढेको कार्यक्रमको संचालन पशु शाखा संयोजक ओम मस्राङ्गिले गर्नुभएको हो।