नेपाली जनप्रगतिशिल मन्च बहराइनको कार्यसमिति चयन

बाेली खबर   १० पुष २०७८, शनिबार ०९:१३

बहराइन, नेपाली जनप्रगतिशिल मन्च बहराइनको कार्यसमितिले पुर्णता पाएको छ । मन्चको सचिवालयको बैठक डिसेम्बर 18 मा बसेको भर्चुअल बैठकले विभिन्न निर्णयहरु गर्दै कार्यसमितिलाई पुर्णता दिएको हाे ।

प्रमुख सल्लाहकारमा नारायण रपाल बिस्वकर्मा, मानर्थ संरक्षकमा जीवन श्रेष्ठ, सल्लाहकारहरुमा तुल बहादुर किसान, ओलि राईनलाई चयन गरेको छ । त्यस्तै मन्चको निर्देशिका बमोजिम निर्वाचन आयोग प्रमुखमा नारायण रपाल बिस्वकर्मा, अनुशासन आयोग प्रमुखमा जीवन श्रेष्ठ, लेखा प्रशिक्षण आयोगमा सुक बहादुर कोईरालालाई जिम्मेवारी दिएको छ ।

मन्चका अध्यक्ष युबराज केसिको अध्यक्षतामा महासचिव कल्याण सेन्चुरीले संचालन गरेको बैठकले देब नारायण बिक, बिस्वराम रेग्मी, सागर रसाइली, सुर्य ठकुरी र बिपिन सुनारलाई कार्यसमिति मा थप गरेको छ ।

बैठकले बाँकीरहेको विभिन्न बिभागहरुमा समेत जिम्मेवारी समेत तोकेको छ । जसमा प्रशिक्षण बिभागमा युबराज खत्री क्षेत्री, संघ संस्था समन्वय बिभागमा रामु काफ्ले, सुरक्षित आप्रवासन तथा श्रमिक बिभागमा गेहराज घर्तिमगर, संगठन बिभागमा कल्याण सेन्चुरी , आर्थिक बिभागमा बल बहादुर बुढाथोकी , सूचना तथा प्रबिधि बिभागमा गोपाल सेजवाल सुरक्षा तथा जनचेतना बिभागमा जिबित कार्की तथा प्रचार प्रसार बिभागमा सुरज भट्टलाई जिम्मेवारी तोकेको नेपाली जनप्रगतीशिल मंच बहराइन महासचिव कल्याण सेन्चुरीले बताएका छन् ।