निस्दी चौथो अध्यक्ष कपकाे उपाधि बाकामलाङ्ग र गल्धालाई

बाेली खबर   १२ पुष २०७८, सोमबार १७:३१

निस्दी, निस्दीमा पौष १० गते देखि सुरु भएको चौथो अध्यक्ष कप सम्पन्न भएको छ । प्रदिप ज्ञवाली को अध्यक्षतामा भएको खेलको उद्घाटन समारोहमा प्रमुख अतिथि निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु, विशेषता अतिथि निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, निस्दी गाउँपालिकाका उपाध्यक्ष रिता कुमारी अर्याल रहनु भएको थियो ।

कार्यक्रम  शुभकामना मन्तव्य प्रमुख अतिथि सारुले अब खेल मात्रै नभएर खेल संचालन गर्न खेल रिफ्रीको तालीमको माग गर्न पनि आग्रह गर्नु भयो । खेलको सुरुवात प्रमुख अतिथिको हातबाट भलिबल हस्तान्तरण गरेर सुरु भएको  थियाे।

पुरुष भलिबल तर्फ प्रत्येक वडाबाट एक/एक टिम सहभागिता भएको खेलमा प्रथम स्थान निस्दी १ बाकालाङ्ग, दोस्रो स्थान निस्दी ५ गल्धा, तेस्रो स्थान निस्दी २ सहलकाेट त्यस्तै सन्त्वाना स्थान निस्दी ३ झिरुवासले हात परेको हो ।
भने महिला तर्फ ५ टिम सहभागी भएको खेलमा प्रथम स्थान निस्दी ५ गल्धा, दोस्रो स्थान निस्दी ४ मित्याल, तेस्रो स्थान निस्दी २ सहलकाेट हात पारेको हो ।