
पाल्पा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवौं जिल्ला अधिवेशन पुष २३ गते मदनपोखरामा हुने भएको छ । नेकपा एमालेको अधिवेशन आयोजक कमिटीको बैठकले देशभरी एकै पटक हुन लागेको अधिवेशन बहुदल स्थापना पछि पहिलो पटक तानसेन बजार बाहिर मदनपोखराको तिन्टीआपमा गर्ने निर्णय गरेको हो । बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्न कुनै पनि व्यक्ति वा सस्था संग सहयोग नउठाउने र सम्पूण खर्च प्रतिनिधीहरुबाटै उठाउने निर्णय गरेको छ । बैठकले अधिवेशनको लागी ४० जना पार्टी संगठित सदस्य बराबर १ जना प्रतिनिधी चयन गर्न पालिका कमिटीहरुलाई निर्देशन जारी गरेको छ ।
बैठकमा पोलिटव्यूरो सदस्य एवं लुम्बिनी प्रदेश कमिटिका सह–इन्चार्ज क। दल बहादुर राना, पोलिटव्यूरो सदस्य एवं जिल्ला इन्चार्ज ठाकुर गैरे, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष क। राधाकृष्ण कंडेल, केन्द्रीय सदस्य एवं जिल्ला सह–इन्चार्ज क। सिर्जना काफ्ले, केन्द्रीय लेखा आयोग सदस्य क। धनेन्द्रराज घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
बैठकले अधिवेशन सम्पन्न गर्नका उपाध्यक्ष मोहन थापाको संयोजकत्वमा ७०१ सदस्यीय मुल आयोजक समिति,
नारायण प्रसाद आचार्यको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, गुँरास आत्रेयको संयोजकत्वमा प्रचार प्रसार समिति, राम बहादुर राउतको संयोजकत्वमा माइनुट समिति, मुक्तिलाल कालिराजको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति, रामजी पोखरेलको संयोजकत्वमा मञ्च व्यवस्थापन, राम प्रसाद पोखरेलको संयोजकत्वमा आवास तथा खाध्य व्यवस्थापन, कासिका गैरेको संयोजकत्वमा अतिथि सत्कार, टिका बहादुर थापाको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन,ओम बहादुर घर्ती मगरको संयोजकत्वमा आर्थिक समिति, बिनिता लुईटेलको संयोजकत्वमा जनसहभागिता यम बहादुर चिदीको संयोजकत्वमा स्वास्थ्य समिति दिनेश रावलको संयोजकत्वमा सांस्कृतिक समिति गठन भएको प्रचार संयोजक गुरास आत्रेयले जानकारी दिनुभयो ।
बैठकले पार्टीको भर्खरै सम्पन्न १० औं राष्ट्रिय महाधिवेशन ऐतिहासिक रुपमा सम्पन्न गर्नका निम्ती विभिन्न हिसावले योगदान पु¥याउनु हुने सम्पूर्ण जिल्ला कमिटी, जनसंगठन जनसमुदाय लगायत सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ । विगतको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारले गरेका जननहितका काम तथा योजनाहरु अहिलेको गठबन्धन सरकारले एकपछि अर्को गर्दै खारेज गर्नुका साथै देशमा बढ्दो मंहगी, पटक–पटक इन्धनमा भएको मुल्य बृद्धि, कृषी जन्य मल, बीउ विजनको अभावको कारण जनतामा निराशा र अन्यौलता कायम रहेको, कोभिड–१९ बाट प्रभावित भएका विरामीको विमा रकम समयमै उपलब्ध नगराउँदा परेको मर्कालाई वेवास्ता गरिएको, भ्रष्ट्रचार, ढिलासुस्ती बेरोजगारी लगायतका जनविरोधी गतिविधिहरु बढेको वर्तमान परिस्थिती प्रति यो बैठक गम्भिर ध्यानाकर्षण भएको महशुस गर्दै त्यस्ता गतिविधिहरु तत्काल रोक्न यो बैठक जोडदार माग गरेको छ । पाल्पा जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकको संचालन सचिव ओम बहादुर घर्तीले गर्नुभएको थियो ।