मुनस्टार युवा क्लबको आयोजनामा पत्रकार सम्मेलन

बोली खबर   १३ पुष २०७८, मंगलवार २०:४४

रामपुर,  मुनस्टार युवा क्लबको आयोजनामा हुन गैरहेको खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगीताको कार्यक्रमको बारेमा जानकारी दिनका लागि पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो ।

युवा क्लबका अभिभावक पशुपति गैरे स्वागत बाट सुरु भएको भेटघाट कार्यक्रममा प्रचार प्रसार सम्योजक देबराज पङ्गेनिले कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । पंगेनिका अनुसार चौर सफा गर्ने, आर्थिक स्रोत व्यबस्थापन, लगाएत अन्य कार्यहरु भैरहेको बताउदै उहाँले ८ टिम पुरुष तर्फ र ४ टिम महिला तर्फवाट र्दता भएको जानकारी गराउनु भएको छ भने यो संख्या पुरुष मा २० टिम र १० टिम महिला हुने अपेक्षा गरेको बताउनु भएको छ । पहिले बाल क्लबको रुपमा रहेको मुनस्टार हाल २०७५ साल देखि युवा क्वलका रुपमा परीणत भएको हो ।

यहि पुष १६ गते देखि हुन गैरहेको भलिवल खेलमा खुला पुरुष भलिबल तर्फ प्रथम पुरस्कार ३०हजार द्धितिय पुरस्कार २०हजार र तृतिय पुरस्कार १०हजार मेडल र प्रमाणपत्र पुरस्कारका रुपमा रहेको छ । महिला भलिवल तर्फ प्रथम पुरस्कार रु १०हजार र द्धितिय पुरस्कार ५हजार रहेको आयोजकले जानकारी गराएको छ । नेपाल भलिबल संघको नियम अनुसार नकआउट र टि टि बेस्ट आफ थ्रीमा खेल हुने भएको छ ।

वडा न ६ का वडाअध्यक्ष हुमनाथ न्यौपाने प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले बोल्दै ६ न वडाले खेलकुद मा कसैलाइ रित्तो हात नफर्कएको बताउदै समाज परिर्वतन र स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको बताउनु भएको छ । त्यस्तै नेपाल पत्रकार महासंघ सदस्य दुर्गेश मल्ल सन्चारकर्मि बन्दना पोखरेलले आफ्नो सुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा धन्यवाद स्थानिय एव पत्रकार बासुदेब ढकालले दिनु भएको कार्यक्रमको अध्यक्षता खेल संयोजक राजन आलेले गर्नु भएको थियो भने सन्चालन सुदिप गैरेले गर्नु भएको हो ।