
पाल्पा, तानसेन ९ तिन्टीआँपमा एमाले पाल्पाको जिल्ला अधिवेशन हुने भएकाले आवस्यक पुर्व तयारी गरि प्रतिनिधीहरुलाई व्यवस्थापन गर्न योजना बनाएर लाग्ने निर्णय गरेको हो । तानसेन नगरपालिका वडा नं ६, ७, ८, ९, बगनासकाली वडा नं १, २ र माथागढीका २ वडाहरुको संयुक्त बैठक बसी अधिवेशनमा प्रतिनिधिलाई व्यवस्थित गर्न योजना बनाएर लाग्ने निर्णय गरेको हो ।
अधिवेसनमा आवास, खानपान, स्वयंसेवक, भिड व्यवस्थापन, ट्राफिक व्यवस्थापन, मञ्च सजावट, सुचना सम्प्रेषण, अतिथी सत्कारलगाएतका काम गर्न समूह बनाएर काम गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकमा पार्टी केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर गैरेले कम्युनिष्टहरुको उर्बर भुमी मदनपोखरामा जिल्ला अधिवेशन गर्न पाउनु सबैलाई खुशीको कुरा भएको बताउनुभयो । गैरेले अहिलेका सबैजसो केन्द्रिय नेताहरुले मदनपोखरामा सेल्टर लियर राजनैतिक जीवन अगाडि बढाएको भन्दै मदनपोखरा सबै कुरामा नमुना भएको बताउनुभयो ।
बैठकमा लेखा आयोगका केन्द्रिय सदस्य धनेन्द्रराज घिमिरेले पार्टीको महत्वपुर्ण समय अधिवेसन भएकाले यो बेला सबै कार्यकर्ताहरु एकजुट भएर लाग्न अनुरोध गर्नुभयो । बैठकमा एमाले प्रदेश सदस्य तथा तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले फरक परिस्थितीमा राजनिती चलिरहेको बेला एमाले अधिवेशनले जनता एमालेको पक्षमा छन भन्ने सन्देश दिनेगरि कार्यक्रम सफल बनाउनुपर्ने बताउनुभयो ।
एमाले तानसेन नगर कमीटीका अध्यक्ष गुरास आत्रेयले अधिवेशनका लागि आवश्यक सबै तयारीका लागि समिती बनाएर योजनावद्ध तरिकाले काम गर्ने बताउनुभयो । बैठकमा सबै वडाका प्रतिनिधीले अधिवेशनले उत्साह जगाएको भन्दै सफल बनाउन सक्दो कोसिस र सहयोग गर्ने बताएका थिए ।