
बन्दना पोखरेल
पाल्पा, पुष १४ ।
समुदायलाई समुन्नत र सुसुचीत गराउदै संस्कार, संस्किृती र समृद्धिको बाटोमा अग्रसर बनाउन पूर्वी पाल्पाको निस्दी गाउँपालिकामा केम खाम्चा स्मिृती प्रतिष्ठानको स्थापना गरि काम सुरु गरेकोछ ।
पाल्पा जिल्लाको बिकट मानिने निस्दी गाउँपालिका वडा नम्वर ४ मा जन्मिएर समाजलाई राजनैतिक, सामाजिक सांस्किृतिक तवरबाट समाज विकास अभियानका अभियान्ता क्रियाशिल व्यक्तित्व स्व. केम खाम्चाको नाममा सामाजिक, राजनैतिक व्यक्तित्व, स्थानिय संगी साथी साथै स्थानिय सरकारले उनको सम्झनामा स्मृति भवनको स्थापना गर्न लागेको छ ।
केम खाम्चा २०५४ सालको स्थानिय निर्वाचनमा मित्याल गाउँ बिकास समितिको अध्यक्ष पदमा निर्वाचित एक होनहार युवा जन प्रतिनिधी हुन् । उनलाई जनयुद्धको समयमा २०५९ सालमा तत्कालिन बिद्रोही पक्षबाट मारिएको हुँदा उनैको संझनामा उनका अधुरा सपना पुरा गराउन प्रतिष्ठानको स्थापना गरि कामको थालनी गरिएको गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बताए । उनले प्रतिष्ठानको भवनको र्निमाण पुरा भए पछि निस्दीको समग्र बिकासका क्षेत्रमा बहुउद्धेश्यीय रुपमा उपयोग गरिने बताए ।
भवनको निर्माण सम्पन्न गर्न गाउँपालिका बाट थप बजेटको व्यवस्था गरिने उनले बताए । निस्दी गाउँपालिका वडा नम्वर ४ मित्यालमा उनकै संझनामा ३ रोपनी जग्गा किनी भवन निर्माणको काम गरिएको र उक्त भवन ४ तले हुने अध्यक्ष सारुको भनाई छ ।
भवन र्निमाणका लागि १ सय २० जना आजिवन सदस्यता शुल्कबाट ६ लाख छुट्टयाइएको र गाउँपालिकाको आथिक बर्ष २०७५।२०७६ को बजेट बाट २५लाख २०७६।२०७७मा २५ लाख छुट्टाईएको मा ७लाख ५० हजारको मात्र काम सम्पन्न भएको थियो भने गत आर्थिक बर्ष २०७७ २०७८ मा २५ लाख गाउँपालिकाले छुट्टाएको प्रतिष्ठानका अध्यक्ष देवीलाल लामिछानेले बताए ।
प्रतिष्ठानका सचिव हेम बहादुर खाम्चाका अनुसार यो सम्पन्न गर्नका लागि करिव १ करोड अनुमानित गरिएको बताएका छन् । निर्माणाधिन भवन सम्पन्न भैसकेपछि अतिथी निवास, पुस्तकालय, सभाहल र तालिम केन्द्र लगायतका बहुउद्धेश्यीय कार्यक्रम रहेको सचिव खाम्चाको भनाई छ । समुदायमा रहेका सर्वसाधारणलाई सीप सिकाउने, स्वरोजगार बनाउने, निस्दीको पहिचानका लागि काम गर्ने , आन्तरिक तथा बाह्य पर्यटनको बिकास गर्ने प्रतिष्ठानको लक्ष्य रहेको, हाल रहेको सदस्यता संख्यालाई वृद्धि गरि यो बर्ष २ सय पु¥याउने खाम्चाले बताए ।
निस्दीको समग्र बिकासका साथै सामाजिक ससक्तिकरण, शैक्षिक जागरण, युवाहरुको स्वरोजगार तथा आय आर्जन, युवा उद्यमीहरु तयार गर्ने, निस्दी अनुसंधान केन्द्रको रुपमा बिकास गर्नुका साथै पर्यटन तथा होम स्टेको लगायतका बिकास र समृद्धिका क्षेत्रमा काम गर्ने प्रतिष्ठानले जनाएको छ । हाल प्रतिष्ठानले निस्दीको समृद्धीको लागि अन्र्तक्रृया, सचेतनाका लागि संबाद साथै बृक्षारोपण कार्यहरु गर्दै आएको छ ।
भौगोलिक हिसाबले हेर्दा दक्षीण तर्फ तराईको फाट उत्तरतिर देखिने हिमाल २४ सै घण्टा हावा लाग्ने र हावा बाट निकालिएको बिजुली थप आर्कषणको केन्द्र बनेको छ । महाभारत चुरे श्रृङखलामा पुर्व पश्चिम फैलिएको यो ठाउँ मनमोहक र पर्यटकिय आर्कषणको केन्द्रको रुपमा रहेको पाइन्छ भने स्रोतका हिसाबले प्रसस्त कबुलियती वन अम्रीसो खेती, तरकारी खेती, व्यवसायिक पशुपालन, चुन ढुङ्गाको अथाह भण्डार लगायत स्रोतको उचित परिचालनले प्रतिष्ठानले लिएका उद्धेश्य साकार हुने देखिन्छ । हाल भवनलाई कोभिड अस्पतालका रुपमा प्रयोग गरिएको छ ।