
पौष १४
बौदीकाली डेढगाउँ
नवलपरासी (पुर्व) जिल्लाको पहाडी क्षेत्र बौदीकाली गाउँपालिका-२ डेढगाउँमा अवस्थित धार्मिक एवं पर्यटकीय क्षेत्रको रुप बिकास र बिस्तार हुदै गरेको छ । बालीघाट क्षेत्र संरक्षण समितिको तेस्रो बृहत भेला सम्पन्न भएको छ ।
संरक्षण समिति अध्यक्ष भानुभक्त ओझाको अध्यक्षतामा भएको भेलामा संरक्षण समितिका संरक्षक डाक्टर गोपाल खनाल,सल्लाहकार होमनाथ भट्टराई,समाजसेवी भोजराज भट्टराई,समाजसेवी श्यामसुन्दर श्रेष्ठ,अकलादेबी मन्दिर तथा गुफा ब्यबस्थापन समिति अध्यक्ष हरी सारु,बालीघाट सामुदायिक स्वास्थ्य इकाई प्रमुख बिर बहादुर बि.सी.,स्थानीय मन बहादुर परियारले क्षेत्र संरक्षण समितिले गरेको कामको प्रशम्सा गर्दै भेला सफलताको कामना गर्नु भएको छ।
क्षेत्र संरक्षण समितिको सभा हल बालीघाट डेढगाउँमा भएको कार्यक्रम सचिब महेन्द्र बहादुर दराईको स्वागत मन्तव्यबाट शुरु भएको थियो
भेलामा विभिन्न प्रस्ताव माथी छलफल गरि निर्णय गरिएको छ ।
भेलाले पुनः भानुभक्त ओझाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ जसको उपाध्यक्षमा चन्द्र बहादुर दराई,कोषाध्यक्ष इन्दिरा भण्डारी,सचिब ॠषिराम पौडेल,सहसचिवमा बिर बहादुर बि.सी.लाई चयन गरेको छ ।
भने सदस्यमा क्रमशः बेल कुमारी ओझा,सिद्दिपुर्णी दराई,गुरु प्रसाद ढकाल,भिम बहादुर श्रेष्ठ,तारादेबी नेपाली,हेमराज ओझा चयन हुनु भएको छ ।
बिक्रम संबत २०६८ मा स्थापना भएको बालीघाट क्षेत्र संरक्षण समितिले विभिन्न सरकारी एवं सामाजिक संस्थाको सहकार्य र सहयोगमा बालीघाट क्षेत्रको बिकासको लागि कार्य गर्दै आएको छ ।तेस्रो बृहत भेलाको संचालन कार्यालय सचिब ऋषिराम पौडेलको संचालनमा भएको थियो ।