
निस्दी, निस्दीको काउले डाँडामा पछिल्लो समय घुम्न आउनेको संख्या दिनदिनै बढदै गएको छ । निस्दी गाउँपालिका–३, झिरुबासको काउले डाँडामा लगाएको अम्लिसोले यतिबेला सबैको ध्यान तानेको छ ।
यो जिल्ला सदरमुकाम तानसेनबाट करिब ८० किलोमिटर पुर्बमा पर्दछ । काउले डाँडाको अम्लिसो घारीले साँच्चिकै सबैको मन लोभ्याएको छ ।
पहिलो पटक सांसद हुदाँ दलबहादुर रानाले संसद बिकास कोष बाट १० हजार दिएर अम्लिसो खेती सुरु गरिएको हो । सांसद रानाका अनुसार गौरीशंकर माबि स्रोत बिकास गर्न यसको बिकास गर्न खोजिएको त्यति बेला यति ठुलो परिमाण होला भन्ने सोच नभएको बताउछन । हाल यस्तो अबस्था देख्दा निकै खुशी लाग्ने राना बताउछन् ।
पहिलो पटक सांसद हुदाँ दलबहादुर रानाले संसद बिकास कोष बाट १० हजार दिएर अम्लिसो खेती सुरु गरिएको हो । सांसद रानाका अनुसार गौरीशंकर माबि स्रोत बिकास गर्न यसको बिकास गर्न खोजिएको त्यति बेला यति ठुलो परिमाण होला भन्ने सोच नभएको बताउछन ।
तत्कालीन डि एफ ओ रामबाबु पौडेलको निरिक्षण पछि व्याबसाहिक रुपमा सुरु भएको हो । उनले यसलाइ बिस्तार गर्न निकै मदत गरेका थिए । उनले बन कार्यालयबाट रकम बिनियोजन गरेर यसलाई फैलाउन सहयोग गरेका हुन । साथै संसद बिकास कोषबाट माननिय दल बहादुर रानाले १ लाख २०६६ सालमा पुनः व्यवस्थापनका लागि दिएका हुन् ।
कबुलियति बनलाई फैलाउन नारन देब भट्टराईले फिनल्यान्ड प्रोजेक्ट मार्फत कबुलियत बन तथा पशुबिकास शिर्षकबाट १ बिरुवा १ रुपयाँको दरले ८ लाख बिरुवा उपलब्ध गराएपछि झिरुबासको रुप फेरिएको हो ।
हिजोआज आन्तरिक पर्यटकको घुइँचो लागेको छ । घुम्न आउने धेरैले इलामको चिया बगन जस्तै देखिने बताएका छन । काउले डाँडामा आएपछि अम्लिसोको संसार देख्न पाइन्छ ।
हिजोआज आन्तरिक पर्यटकको घुइँचो लागेको छ । घुम्न आउने धेरैले इलामको चिया बगन जस्तै देखिने बताएका छन ।
जतासुकै अम्लिसो नै अम्लिसोको घारीले ढाकेको छ । यहाँबाट उत्तरतिर हेर्दा माछापुच्छ्रे , धौलागिरी तथा अन्नपूर्ण हिम शृङखला देख्न पाइन्छ । दक्षिणमा तराईको समथर भुभागका साथै भारतको त्रिवेणी आसपासको क्षेत्र सम्म देख्न सकिन्छ । काउले डाँडा जाँदा बाटैमा पर्ने मित्यालमा हावाबाट निकालेको बिजुली, खादरको कुँडुले घर तथा आसपासको मगर बस्तीले समेत सबैको मन लोभ्याउने गरेको पाइन्छ । विशेषगरी दशैं तिहार र हिउँदको समयमा यहाँ घुम्न आउनेको भिडभाड हुने गर्दछ ।
यहाँबाट उत्तरतिर हेर्दा माछापुच्छ्रे , धौलागिरी तथा अन्नपूर्ण हिम शृङखला देख्न पाइन्छ । दक्षिणमा तराईको समथर भुभागका साथै भारतको त्रिवेणी आसपासको क्षेत्र सम्म देख्न सकिन्छ ।
यहाँ घुम्न आउनेहरुको लागि व्यवस्थापनको जिम्मा इन्द्रेणी कृषि बहुउद्देश्शीय सहकारी संस्था लिमिटेड झिरुबासले लिएको छ । सहकारीले टिकट काटन र अन्य व्यवस्थापनको लागि कर्मचारी राखेको छ । यहाँ घुम्न आउँदा बसको १ हजार रुपैयाँ लिने गरिन्छ । जीपको ५ सय र मोटरसाइकलको ५० रुपैयाँ र प्रतिव्यक्ति २० रुपैयाँ टिकट शुल्क लिने गरिन्छ ।
निस्दीको मात्र नभएर जिल्लाकै पर्यटन क्षेत्रको आकर्षण केन्द्र काउले डाँडा पहिले नाङ्गो डाँडा थिए । बनमारा झाडी भित्र गाईबस्तु चरणका लागि प्रयोगमा थिए । विक्रम सम्बत २०६७ सालमा कबुलियती वन समूह दर्ता गरेर अम्लिसो लगाएको काउले डाँडा कबुलियती वन अन्तर समूह झिरुबासका अध्यक्ष दमन सिंह थापाले बताउनुभएको छ ।
शुरुमा १ सय १५ हेक्टर क्षेत्रमा २ सय १५ घरधुरी मिलेर अम्लिसो लगाएको अध्यक्ष थापाले बताउनुभयो । हाल यो वन २ सय ४६ हेक्टरमा फैलिएको छ । झिरुबासका २ सय २७ घरधुरी आवद्ध रहेका छन । विभिन्न १८ वटा उप समूह मिलेर अम्लिसो लगाउदै आएका छन । पर्यटकको आकर्षण बढाउनको लागि मन्दिर तथा ठाउँ–ठाउँमा प्रतिक्षालय बनाएको छ । भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा ५ सय जनाको क्षमता भएको सभाहल सहितको कुँडुले घर बनाएको छ ।
काउले डाँडाको आन्तरिक पर्यटन प्रवर्द्धनको लागि पालिकाले डीपीआर सहितको विशेष योजना अगाडि सरेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभएको छ । काउले डाँडाले निस्दीको आन्तरिक पर्यटन प्रवर्द्धनमा मात्रै टेवा पुर्याएको छैन । यहाँको जीवनस्तर नै परिवर्तन गरिदिएको छ । आम्दानीको मुख्य स्रोत नै बनेको छ ।
निस्दीको आन्तरिक स्रोतको आधार काउले डाँडाको अझ विकास र व्यवस्थापनको जरुरी देखिन्छ । आन्तरिक पर्यटन प्रवर्द्धनको हिसाबले समेत काउले डाँडालाई स्थानीय सरकार र अन्य निकायको पनि निरन्तर सहयोगको खाँचो देखिन्छ ।
फाेटाेः प्रेमकान्छा मगर